सपना पूरा गर्न विदेश जानुपर्ने बाध्यता अन्त्य हुन्छ - अर्थमन्त्री वाग्ले

Author

सजिलो पत्रिका

२०८३ जेठ ३१, आइतबार

4
Share
Featured
  • अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले आगामी पाँच वर्षभित्र युवाहरूका लागि स्वदेशमै अवसर सिर्जना गरी विदेशिने बाध्यता घटाउने दाबी गरेका छन्।
  • बजेटमार्फत युवा उद्यमशीलता प्रवर्द्धन गर्न विभिन्न सहुलियत तथा विशेष कार्यक्रम समावेश गरिएको उनले बताए।
  • वार्षिक १ लाख रुपैयाँसम्म आम्दानी गर्ने युवालाई कर झन्झटबाट छुट दिइएको र उद्यममैत्री वातावरण बनाउन डिजिटलाइजेसनमा जोड दिइएको छ।
समाचार सारांशGenerated using AI.
काठमाडौँ । 

अर्थमन्त्री डा.स्वर्णिम वाग्लेले नेपाली युवाहरू आफ्नो सपना पूरा गर्न विदेशिनुपर्ने बाध्यताको अन्त्य हुने बताएका छन्। आइतबार काठमाडौंमा आयोजित 'राष्ट्रिय युवा उद्यमशीलता सम्मेलन २०८३' लाई सम्बोधन गर्दै उनले युवा पलायन रोक्न सरकारले आगामी आर्थिक वर्षको बजेटमार्फत ठोस सुरुवात गरेको दाबी गरे।

अर्थमन्त्री वाग्लेले पछिल्लो दुई दशकदेखि युवाहरू बाध्य भएर विदेश जानुपरेको उल्लेख गर्दै अबको पाँच वर्षभित्र स्वदेशमै अवसर सिर्जना गर्ने गरी बजेटले जग बसालेको बताए। "युवाहरूका लागि कस्तो बाटो तय गरिएको छ भन्ने बुझ्न बजेट पढ्नुहोस्, यसको कार्यान्वयनले देश निर्माणको नयाँ दिशा समात्नेछ," उनले भने।

बजेटमा युवा उद्यमीहरूलाई प्रोत्साहन गर्न विभिन्न सहुलियत ल्याइएको जानकारी दिँदै उनले वार्षिक एक लाख रुपैयाँसम्म कमाउने युवालाई करको झन्झटबाट मुक्त गरिएको बताए। साथै, करको उल्झनमा परेका व्यवसायीलाई नयाँ सुरुवात गर्न सहुलियत दिइएको र सरकारी प्रशासनको डिजिटलाइजेसन तथा सुशासनमार्फत उद्यममैत्री वातावरण बनाउन सरकार लागिपरेको उनको भनाइ थियो। युवाहरूको उद्यमशील सोच र योजनालाई फैलाउने गरी बजेटमा विशेष कार्यक्रमहरू समावेश गरिएको अर्थमन्त्रीले स्पष्ट पारे।

यो समाचारमा

स्वर्णिम वाग्लेकाठमाडौँ

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

    कुल मतदान: 0

    सम्बन्धित समाचार

    sajilo patrika

    बालेन सरकार असफल भयो, अब नयाँ विकल्प चाहिन्छ - धवलशमशेर राणा

    काठमाडौँ । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) परित्याग गरेका नेता डा. धवल शमशेर राणाले वर्तमान बालेन्द्र शाह (बालेन) नेतृत्वको सरकारको विकल्पमा नयाँ पार्टी खोल्ने घोषणा गरेका छन्। आइतबार काठमाडौँमा आयोजित एक कार्यक्रममा बोल्दै राणाले वर्तमान सरकारले १०० दिन नपुग्दै धेरै गल्ती गरिसकेको र यसको आयुमाथि देशभर प्रश्न उठेको दाबी गरे।उनले नयाँ बन्ने

    Data is loading...

    Loading brands...

    Loading footer...