अण्डाको मूल्य पुनः वृद्धि

Author

सजिलो पत्रिका

२०८३ जेठ २३, शनिबार

24
Share1
Featured
  • नेपाल लेयर्स कुखुरापालक सङ्घ ले अण्डाको फार्म समर्थन मूल्य बढाउँदै एक्सएल (XL) अण्डाको मूल्य प्रतिक्रेट ५६० रुपैयाँ कायम गरेको छ।
  • नयाँ दरअनुसार ठूलो अण्डा प्रतिक्रेट ५४५ रुपैयाँ, मध्यम ५१५ रुपैयाँ र सानो अण्डा प्रतिपेटी ३ हजार रुपैयाँ पुगेको छ, जसले खुद्रा बजारमा अण्डाको मूल्य प्रतिगोटा करिब २५ रुपैयाँ पुर्‍याएको छ।
  • सङ्घका अध्यक्ष विनोद पोखरेल का अनुसार उत्पादनमा कमी, दाना तथा औषधिको लागत वृद्धि र बजारमा बढेको मागका कारण मूल्य समायोजन गरिएको हो।
समाचार सारांशGenerated using AI.

काठमाडौँ

नेपाल लेयर्स कुखुरापालक सङ्घले अण्डाको फार्म समर्थन मूल्य पुनः बढाएको छ। सङ्घको बैठकले आजैदेखि लागू हुने गरी नयाँ दररेट तय गरेको हो, जसअनुसार एक्सएल (XL) अण्डाको मूल्य प्रतिक्रेट ५६० रुपैयाँ पुगेको छ।

नयाँ मूल्यसूची अनुसार ठूलो अण्डा प्रतिक्रेट ५४५ रुपैयाँ, मध्यम ५१५ रुपैयाँ र सानो अण्डा प्रतिपेटी तीन हजार रुपैयाँ कायम गरिएको छ। यससँगै खुद्रा बजारमा अण्डाको मूल्य प्रतिगोटा करिब २५ रुपैयाँ पुगेको छ। पछिल्लो एक महिनाको अवधिमा अण्डाको मूल्य करिब २० प्रतिशत (प्रतिक्रेट ९५ रुपैयाँ) ले बढेको छ।

सङ्घका अध्यक्ष विनोद पोखरेलका अनुसार गर्मीका कारण उत्पादनमा आएको कमी, दाना तथा औषधिको बढ्दो लागत र बजारमा माग बढेकाले मूल्य समायोजन गरिएको हो। हाल अण्डाको उत्पादन लागत प्रतिगोटा १९.१२ रुपैयाँ रहेको छ। लामो समयपछि बिक्री मूल्य उत्पादन लागतको हाराहारीमा पुगेकाले किसानलाई केही राहत मिलेको सङ्घले जनाएको छ। सीमा क्षेत्रमा आयातमा गरिएको कडाइ र पर्यटकको आगमनमा भएको वृद्धिले पनि मूल्य सुधारमा सहयोग पुगेको बताइएको छ।

यो समाचारमा

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

    कुल मतदान: 0

    सम्बन्धित समाचार

    sajilo patrika

    बाँदर आतंकको विषय उठाउने सांसद राईमाथि प्रहरीमा उजुरी

    काठमाडौँ।भोजपुरबाट निर्वाचित प्रतिनिधि सभा सदस्य ध्रुवराज राईविरुद्ध ६ सय वटा बाँदर मारेको अभियोगमा प्रहरीमा उजुरी परेको छ। ललितपुरस्थित ‘स्नेहाज केयर’ का रूपक कोइरालाले राईले एक अन्तर्वार्तामा बाँदर मारेको स्वीकार गरेको दाबी गर्दै जिल्ला प्रहरी कार्यालय भोजपुरमा जाहेरी दिएका हुन्।जाहेरीमा राईले टेम्केमैयुङ गाउँपालिकाको अध्यक्ष हुँदा बाँदर मारेको र यो कार्य राष्ट्रिय

    Data is loading...

    Loading brands...

    Loading footer...