घरायसी विवादमा खुकुरी प्रहार गरी श्रीमतीको हत्या

Author

सजिलो पत्रिका

२०८३ जेठ २१, बिहिबार

15
Share
Featured
  • छालिङ मा घरायसी विवादका क्रममा विदुर विश्वकर्मा ले आफ्नी श्रीमती सलिना विश्वकर्मा को हत्या गरेको आरोप लागेको छ।
  • खुकुरी प्रहारबाट सलिनाको मृत्यु भएको छ भने उनीहरूका ८ वर्षीय छोरा त्रिशल घाइते भएका छन् र उनको उपचार भइरहेको छ।
  • प्रहरीले विदुर विश्वकर्मालाई नियन्त्रणमा लिएर घटनाबारे थप अनुसन्धान अघि बढाएको जनाएको छ।
समाचार सारांशGenerated using AI.

काठमाडौँ

भक्तपुर नगरपालिका–१० छालिङमा एक युवकले आफ्नी श्रीमतीको खुकुरी प्रहार गरी हत्या गरेका छन्। शंखरापुर नगरपालिका–६ नाङ्लेभारे घर भई छालिङमा भाडामा बस्दै आएका विदुर विश्वकर्माले ३३ वर्षीया श्रीमती सलिनाको हत्या गरेका हुन्।

प्रहरीका अनुसार गएराति घरायसी विवादका क्रममा विदुरले खुकुरी प्रहार गर्दा सलिनाको मृत्यु भएको हो। सोही आक्रमणमा परी उनीहरूका आठ वर्षीय छोरा त्रिशल समेत घाइते भएका छन्।

भक्तपुर प्रहरी परिसरका प्रहरी नायब उपरीक्षक (डीएसपी) प्रकाश जवेगुका अनुसार हत्या अभियोगमा विदुर विश्वकर्मालाई प्रहरीले नियन्त्रणमा लिएको छ। घाइते बालकको उपचार भइरहेको छ भने घटनाबारे थप अनुसन्धान अघि बढाइएको प्रहरीले जनाएको छ।

यो समाचारमा

शंखरापुर नगरपालिकाभक्तपुर नगरपालिकाकाठमाडौँ

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

    कुल मतदान: 0

    सम्बन्धित समाचार

    sajilo patrika

    बागमती सरकारबाट बाहिरिँदै एमाले, ६ मन्त्रीले सोमबार सामूहिक राजीनामा दिने

    काठमाडौं । बागमती प्रदेश सरकारलाई दिएको समर्थन फिर्ता लिँदै नेकपा एमाले सरकारबाट बाहिरिने भएको छ। यस विषयमा औपचारिक निर्णय गर्न र आगामी रणनीति तय गर्न आइतबार काठमाडौँमा एमाले बागमती प्रदेश संसदीय दलको बैठक बसिरहेको छ।एमालेले शनिबार नै मुख्यमन्त्री इन्द्र बहादुर बानियाँलाई सरकारलाई दिएको समर्थन फिर्ता लिने निर्णयबारे जानकारी गराइसकेको छ।

    Data is loading...

    Loading brands...

    Loading footer...