काठमाडौँ।
काठमाडौं उपत्यकामा पछिल्लो २४ घण्टामा ट्राफिक नियम उल्लंघन गर्ने १ हजार ९९४ जना सवारीचालक कारबाहीमा परेका छन्। काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालयका अनुसार यस कारबाहीबाट राज्यकोषमा ५ लाख ४१ हजार ५०२ रुपैयाँ राजस्व संकलन भएको छ।
कारबाहीमा पर्नेहरूमध्ये मादक पदार्थ सेवन (मापासे) गर्ने १२७, नियमविपरीत 'राइड सेयरिङ' गर्ने १४२, ट्राफिक लाइट उल्लंघन गर्ने १४९ र तीव्र गतिमा सवारी चलाउने १०३ जना रहेका छन्।
यसैगरी, लेन अनुशासन पालना नगर्ने १५८, निषेधित क्षेत्रमा हर्न बजाउने १३०, सडक पेटीमा पार्किङ गर्ने १२८ र एकतर्फी सडकमा सवारी चलाउने ९५ जनालाई पनि कारबाही गरिएको छ। अन्य विविध ट्राफिक नियम उल्लंघन गर्ने ९६२ जना चालकलाई पनि प्रहरीले कारबाहीको दायरामा ल्याएको छ। ट्राफिक प्रहरीले सडक सुरक्षा र नियम पालनाका लागि निगरानी थप कडा पारिएको जनाएको छ।