नेपाल र भारतका पत्रकारबीच सहकार्य र सम्बन्ध सुदृढीकरणमा जोड

Author

सजिलो पत्रिका

२०८३ जेठ १६, शनिबार

10
Share
Featured
  • हिन्दी पत्रकारिताको २०० वर्ष पूरा भएको अवसरमा गोरखपुरमा आयोजित कार्यक्रममा नेपाल–भारतका पत्रकारबीच सहकार्य विस्तार गर्ने विषयमा जोड दिइएको छ।
  • कार्यक्रममा खोज पत्रकारिता, सीमापार सहकार्य र साझा सामाजिक सरोकारका मुद्दा बारे छलफल गरिएको थियो।
  • दुवै देशका सञ्चारकर्मीहरूले पर्यटन, संस्कृति, व्यापार र सीमा क्षेत्रका साझा सवालमा नियमित संवाद तथा सहकार्य बढाउने प्रतिबद्धता व्यक्त गरेका छन्।
समाचार सारांशGenerated using AI.

काठमाडौँ

हिन्दी पत्रकारिताको दुई सय वर्ष पूरा भएको अवसरमा भारतको गोरखपुरमा आयोजित एक अन्तक्र्रियामा नेपाल र भारतका सञ्चारकर्मीहरूले दुई देशबीचको सम्बन्धलाई थप प्रगाढ बनाउन पत्रकारिताको क्षेत्रमा सहकार्य विस्तार गर्नुपर्नेमा जोड दिएका छन्।

प्रेस क्लब गोरखपुर र गोरखपुर जर्नालिस्ट प्रेस क्लबको संयुक्त आयोजनामा भएको कार्यक्रममा पत्रकारिताको बदलिँदो स्वरूप, खोज पत्रकारिता र सीमापार सहकार्यका विषयमा छलफल भएको थियो। कार्यक्रममा वरिष्ठ पत्रकारहरू गजेन्द्र त्रिपाठी, कमलेश त्रिपाठी र आनन्द रायले नेपाल र भारतबीचका साझा सामाजिक सरोकार र जनचासोका विषयमा दुवै देशका सञ्चारमाध्यमले समन्वयात्मक ढङ्गले काम गर्नुपर्ने बताए।

नेपालका तर्फबाट लुम्बिनी प्रेस क्लबका अध्यक्ष कमल रायमाझी लगायतले सीमा क्षेत्रका साझा सवाल, पर्यटन, संस्कृति र व्यापारिक सम्बन्धलाई मजबुत बनाउन पत्रकारिताले पुलको भूमिका निर्वाह गर्नुपर्ने धारणा राखे। ३० मे १८२६ मा कोलकाताबाट 'उदन्त मार्तण्ड' पत्रिका प्रकाशन भएसँगै सुरु भएको हिन्दी पत्रकारिताले दुई सय वर्षको यात्रामा लोकतान्त्रिक मूल्य र सामाजिक परिवर्तनमा ठूलो योगदान पुर्‍याएको वक्ताहरूको भनाइ थियो। दुवै देशका पत्रकारहरूले आगामी दिनमा नियमित संवाद र साझा मुद्दामा सहकार्य बढाउने प्रतिबद्धता समेत व्यक्त गरे।

यो समाचारमा

काठमाडौँभारतनेपाल

ट्यागहरू

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

    कुल मतदान: 0

    सम्बन्धित समाचार

    sajilo patrika

    शिक्षा र स्वास्थ्यमा लगाइएको ३ प्रतिशत 'समता कर' फिर्ता लिने सरकारको निर्णय

    काठमाडौं । सरकारले निजी शिक्षा र स्वास्थ्य क्षेत्रमा लगाउने घोषणा गरेको ३ प्रतिशत 'समता कर' (समता शुल्क) हटाएको छ। प्रधानमन्त्री बालेन्द्र शाह (बालेन)ले अर्थमन्त्री स्वर्णिम वाग्लेसँगको परामर्शपछि हालका लागि यो कर लागू नगर्ने निर्णय भएको जानकारी दिएका हुन्।प्रधानमन्त्री शाहले सामाजिक सञ्जालमार्फत यो कर कार्यान्वयन गर्दा आम नागरिकले थप आर्थिक भार

    Data is loading...

    Loading brands...

    Loading footer...