महासचिव शंकर पोखरेलले ओलीलाई भने, यथास्थितिमा अघि बढ्न सकिँदैन, मार्ग प्रशस्त गर्नुस्

Author

सजिलो पत्रिका

२०८३ जेठ ०९, शनिबार

22
Share
Featured
काठमाडौँ

नेपाल कम्युनिष्ट पार्टी (एमाले) को जारी केन्द्रीय कमिटी बैठकमा अध्यक्ष खड्गप्रसाद शर्मा ओली  को राजीनामा माग्ने क्रम बढेको छ । शुक्रबार को बैठकमा चार उपाध्यक्षले अध्यक्ष ओलीको राजीनामा मागेकोमा शनिबार पनि महासचिव शंकर पोखरेल , उपमहासचिव योगेश भट्टराई  लगायतका नेताहरूले अध्यक्ष ओलीलाई राजीनामा दिएर मार्ग प्रशस्त गर्न भनेका हुन् । 


यसअघि अध्यक्ष ओलीलाई साथ दिँदै आएका महासचिव शंकर पोखरेलले शनिवारको बैठकमा खुलेरै ओलीलाई मार्ग प्रशस्त गर्न आग्रह गरेको एक नेताले बताए ।

‘पार्टी पुनर्गठनको आवाज ठुलो छ । अव पार्टी यतिकै अवस्थामा अघि बढ्न सक्दैन’, महासचिव पोखरेलले बैठकमा भनेका छन्, ‘यथास्थितिबाट अघि बढ्न सकिँदैन ।’ पोखरेलले राजीनामाको शब्द प्रयोग नगरेर मार्ग प्रशस्त भन्ने शब्द प्रयोग गरेका थिए । तर, बैठकमा उपमहसचिव योगेश भट्टराईले भने राजीनामा शब्द नै प्रयोग गरेका थिए ।

पोखरेल र भट्टराईबाहेक शनिवारको बैठकमा उपमहासचिव रघुवीर महासेठ, लेखराज भट्ट लगायतले पनि आफ्नो धारणा राखेका थिए । 

त्यस्तै सचिवहरू छविलाल विश्वकर्मा, राजन भट्टराई, महेश बस्नेत, हिक्मत कार्की लगायतले अहिलेको पार्टीको अवस्थाबारे आफ्ना धारणा राखेका थिए ।

 भोलिको बैठकमा शेरधन राई,भानुभक्त ढकाल, खगराज अधिकारी र यमलाल कँडेलले धारणा राखेपछि बैठक सकिने छ ।

यसअघि शुक्रबार उपाध्यक्षहरू रामबहादुर थापा बादल, विष्णुप्रसाद पौडेल,पृथ्वी सुब्बा गुरुङ, रघुजी पन्त, गोकर्ण विष्टले धारणा राखेका थिए । 

उपाध्यक्ष थापाबाहेकका नेताहरूले पार्टी पुनर्गठनका लागि अध्यक्ष केपी शर्मा ओलीले राजीनामा गरेर मार्ग प्रशस्त गर्नुपर्ने बताएका थिए ।

यो समाचारमा

खड्गप्रसाद शर्मा ओलीनेपाल कम्युनिष्ट पार्टी (एमाले)काठमाडौँशंकर पोखरेल
योगेश भट्टराई4 more

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

    कुल मतदान: 0

    सम्बन्धित समाचार

    sajilo patrika

    भारतमा प्रश्नपत्र चुहावटविरुद्ध 'कक्रोच' आन्दोलन चर्कियो, संसद् भवन घेर्ने प्रयास

    काठमाडौं । भारतमा प्रश्नपत्र चुहावट र शिक्षा प्रणालीमा सुधारको माग गर्दै युवा नेतृत्वको ‘कक्रोच’ आन्दोलनले उग्र रूप लिएको छ। सोमबार हजारौँ प्रदर्शनकारीहरू राजधानी नयाँदिल्लीको जन्तरमन्तरमा भेला भई संसद् भवनतर्फ मार्च गर्ने प्रयास गरेका छन्। संसद्को मनसुन अधिवेशन जारी रहेकाले प्रहरीले सुरक्षाको कारण देखाउँदै मार्चको अनुमति नदिएपछि दिल्लीको सुरक्षा व्यवस्था अत्यन्त

    Data is loading...

    Loading brands...

    Loading footer...