रास्वपाको बारास्थित बैठकमा विवाद, सांसद र कार्यकर्ताबीच तनाव

Author

सजिलो पत्रिका

२०८३ जेठ ०९, शनिबार

14
Share
Featured

काठमाडौँ

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को बारामा आयोजित विस्तारित बैठकमा विवाद र तनाव उत्पन्न भएको छ। पूर्वजिल्ला संयोजक चन्दन स्वर्णकारमाथि गरिएको कारबाहीको विषयलाई लिएर असन्तुष्ट कार्यकर्ताहरूले सांसदहरूको विरोध गरेपछि स्थिति तनावपूर्ण बनेको हो।

पार्टीका चार सांसदले स्वर्णकारमाथि कारबाही गर्न केन्द्रीय समितिमा सिफारिस गरेपछि विवाद सुरु भएको बताइएको छ। त्यसपछि स्वर्णकारको सदस्यता खारेज गरिएसँगै पार्टीका केही पुराना कार्यकर्ताहरू असन्तुष्ट बनेका थिए।

शनिबार कलैयामा आयोजित बैठकमा असन्तुष्ट कार्यकर्ताहरूले सांसदहरूप्रति नाराबाजी तथा विरोध जनाएपछि विवाद चर्किएको थियो। सुरक्षा अवस्था संवेदनशील बनेपछि प्रहरीले हस्तक्षेप गर्दै सांसदहरूलाई सुरक्षित स्थानमा पुर्‍याएको जनाएको छ।

स्थानीय नेताहरूका अनुसार पार्टीका पुराना कार्यकर्तालाई उपेक्षा गरिएको गुनासो पनि विवादको अर्को कारण बनेको छ। घटनाबारे पार्टीको केन्द्रीय नेतृत्वबाट भने हालसम्म औपचारिक प्रतिक्रिया आएको छैन।

यो समाचारमा

राष्ट्रिय स्वतन्त्र पार्टीकाठमाडौँ

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

    कुल मतदान: 0

    सम्बन्धित समाचार

    sajilo patrika

    भारतमा प्रश्नपत्र चुहावटविरुद्ध 'कक्रोच' आन्दोलन चर्कियो, संसद् भवन घेर्ने प्रयास

    काठमाडौं । भारतमा प्रश्नपत्र चुहावट र शिक्षा प्रणालीमा सुधारको माग गर्दै युवा नेतृत्वको ‘कक्रोच’ आन्दोलनले उग्र रूप लिएको छ। सोमबार हजारौँ प्रदर्शनकारीहरू राजधानी नयाँदिल्लीको जन्तरमन्तरमा भेला भई संसद् भवनतर्फ मार्च गर्ने प्रयास गरेका छन्। संसद्को मनसुन अधिवेशन जारी रहेकाले प्रहरीले सुरक्षाको कारण देखाउँदै मार्चको अनुमति नदिएपछि दिल्लीको सुरक्षा व्यवस्था अत्यन्त

    Data is loading...

    Loading brands...

    Loading footer...