काठमाडौँ
मितेरी साइनोको कथामा आधारित चलचित्र ‘मितज्यू’ जेठ ८ गतेदेखि दर्शकमाझ आइसकेको छ। चलचित्रले नेपालको ग्रामीण परिवेश, रहनसहन र मितेरी संस्कृतिलाई कलात्मक ढङ्गबाट प्रस्तुत गरेको निर्माण पक्षले जनाएको छ।
चलचित्रको प्रचारका क्रममा अभिनेता दयाहाङ राईले यसले नेपाली समाजको सामाजिक परिवेश र संस्कृतिलाई मनोरञ्जनसँगै बुझ्ने अवसर दिने बताएका छन्। उनले नयाँ पुस्तामा संस्कृतिको पुस्तान्तरणमा यस्ता चलचित्रले योगदान पुर्याउने विश्वास व्यक्त गरे।
अभिनेता सौगात मल्लले पनि मितेरी साइनोको पृष्ठभूमिमा आधारित कथा प्रस्तुत गरिएको उल्लेख गर्दै दुई मितबीचको सम्बन्ध र त्यसका उतारचढावलाई रोचक ढङ्गले देखाइएको बताए। जनक घर्तीमगरद्वारा निर्मित र अनिल बुढामगरद्वारा निर्देशित चलचित्रमा तेरिया फौजा मगर,खड्ग बहादुर पुन मगर, शिशिर वाङ्देल लगायतका कलाकारहरूको अभिनय रहेको छ।