गगन थापाको चेतावनी : व्यवस्थापिका र न्यायपालिकामाथि नियन्त्रण प्रयास मान्य नहुने

Author

सजिलो पत्रिका

२०८३ जेठ ०९, शनिबार

18
Share
Featured
  • नेपाली कांग्रेस सभापति गगन थापाले कार्यपालिकाद्वारा व्यवस्थापिका र न्यायपालिकालाई नियन्त्रण गर्ने प्रयास अस्वीकार्य हुने बताएका छन्।
  • उनले भदौ २४ को घटनाको निष्पक्ष छानबिनका लागि न्यायिक आयोग गठन र मानव अधिकार आयोगको प्रतिवेदन सार्वजनिक गर्न माग गरेका छन्।
  • सरकारको ढाकछोप गर्ने प्रयास रोक्नुपर्ने भन्दै उनले दोषीलाई कारबाही र पारदर्शिता सुनिश्चित गर्नुपर्नेमा जोड दिएका छन्।
समाचार सारांशGenerated using AI.

काठमाडौँ

नेपाली काँग्रेसका सभापति गगन थापाले कार्यपालिकाले व्यवस्थापिका र न्यायपालिकालाई नियन्त्रण गर्ने प्रयास कुनै पनि हालतमा स्वीकार्य नहुने बताएका छन्। विराटनगरस्थित कोइराला निवासमा आयोजित पत्रकार भेटघाटमा उनले यस्तो धारणा व्यक्त गरेका हुन्।

थापाले भदौ २४ गते भएको घटनाको छानबिन नगरी सरकारद्वारा त्यसको ढाकछोप गर्ने प्रयास भइरहेको आरोप लगाए। उनले सरकारको प्रतिबद्धताअनुसार घटनाबारे न्यायिक आयोग गठन गर्नुपर्ने आवश्यकता रहेको पनि बताए।

उनले भदौ २३ र २४ गतेका घटनासम्बन्धी राष्ट्रिय मानव अधिकार आयोगको प्रतिवेदन सार्वजनिक गर्नुपर्ने माग गर्दै दोषीलाई कानुनी कारबाही गर्नुपर्ने जिकिर गरे। प्रतिवेदन रोक्न दबाब आएको भन्ने कुरा सुन्नमा आएको भन्दै त्यस्ता कार्य नगर्न सरकारलाई आग्रह गरे।

सभापति थापाले सरकार गठनयता कार्यपालिकाले अन्य संवैधानिक निकायहरूलाई नियन्त्रण गर्ने प्रयास भइरहेको भन्दै यस्तो प्रवृत्ति रोक्न कांग्रेसले भूमिका खेल्ने बताए। साथै, उनले पार्टीभित्रको असहमति र विमतिलाई छलफलमार्फत समाधान गर्दै सबैलाई समेटेर अघि बढ्न आफू तयार रहेको पनि उल्लेख गरे।

यो समाचारमा

नेपाली काँग्रेसगगन थापाकाठमाडौँ

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

    कुल मतदान: 0

    सम्बन्धित समाचार

    sajilo patrika

    भारतमा प्रश्नपत्र चुहावटविरुद्ध 'कक्रोच' आन्दोलन चर्कियो, संसद् भवन घेर्ने प्रयास

    काठमाडौं । भारतमा प्रश्नपत्र चुहावट र शिक्षा प्रणालीमा सुधारको माग गर्दै युवा नेतृत्वको ‘कक्रोच’ आन्दोलनले उग्र रूप लिएको छ। सोमबार हजारौँ प्रदर्शनकारीहरू राजधानी नयाँदिल्लीको जन्तरमन्तरमा भेला भई संसद् भवनतर्फ मार्च गर्ने प्रयास गरेका छन्। संसद्को मनसुन अधिवेशन जारी रहेकाले प्रहरीले सुरक्षाको कारण देखाउँदै मार्चको अनुमति नदिएपछि दिल्लीको सुरक्षा व्यवस्था अत्यन्त

    Data is loading...

    Loading brands...

    Loading footer...