विपक्षी अवरोधबीच प्रतिनिधिसभाको कार्यवाही अघि बढ्यो

Author

सजिलो पत्रिका

२०८३ जेठ ०७, बिहिबार

21
Share
Featured

काठमाडौँ

विपक्षी दलहरूको अवरोधका बीच सभामुख डोल प्रसाद अर्यालले प्रतिनिधिसभाको कार्यवाही अघि बढाएका छन्। बैठक सुरु भएलगत्तै विपक्षी सांसदहरूले अवरोध गरेपछि सभामुखले पहिलो बैठक १५ मिनेटका लागि स्थगित गरेका थिए।

त्यसपछि पुनः सुरु भएको बैठकमा पनि विपक्षी सांसदहरूले आ–आफ्नो स्थानबाट उठेर नाराबाजी गर्दै रोस्टम घेरेका थिए। तर सभामुख अर्यालले अवरोधबीच नै कार्यवाही अघि बढाएका हुन्।

प्रधानमन्त्री बालेन्द्र शाह (बालेन)का तर्फबाट कानुन, न्याय तथा संसदीय मामिला मन्त्री सोबिता गौतमले निर्वाचनसम्बन्धी अध्यादेश स्वीकृत गरियो भन्ने प्रस्ताव पेस गरेकी छन्।

हाल संसद् भवनमा नेपाल कम्युनिष्ट पार्टी (एमाले), नेपाली कम्युनिष्ट पार्टीलगायतका विपक्षी दलका सांसदहरूले रोस्टममै पुगेर नाराबाजी जारी राखेका छन्।

यो समाचारमा

काठमाडौँनेपाली कम्युनिष्ट पार्टीसोबिता गौतमबालेन्द्र शाह (बालेन)
डोल प्रसाद अर्याल5 more

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

    कुल मतदान: 0

    सम्बन्धित समाचार

    sajilo patrika

    प्रदेशमा तीन दल मिलेर सरकार बनाउने प्रस्तावमा गगन थापाको असहमति

    काठमाडौं ।  नेपाली काँग्रेसका सभापति गगन थापाले प्रदेश सरकार गठनका सन्दर्भमा तीन ठूला दलहरू (कांग्रेस, एमाले र माओवादी) मिल्नुपर्ने प्रस्तावप्रति कडा विमति प्रकट गरेका छन्। आइतबार ललितपुरमा आयोजित एक कार्यक्रममा बोल्दै थापाले तीन दल मिलेर सरकार बनाउँदा प्रदेश संसद् प्रतिपक्षविहीन हुने र यसले लोकतान्त्रिक मूल्य तथा जनमतको अपमान हुने बताए।थापाले

    Data is loading...

    Loading brands...

    Loading footer...