प्रतिनिधि सभामा दुई संशोधन विधेयक प्रस्तुत, अर्को बैठक बिहीबार हुने

Author

सजिलो पत्रिका

२०८३ जेठ ०६, बुधबार

21
Share
Featured

काठमाडौँ

प्रतिनिधि सभाको आगामी बैठक बिहीबार बिहान ११ बजे बस्ने भएको छ। बुधबारको बैठकमा निर्धारित कार्यसूचीहरू सम्पन्न भएपछि सभामुख डोल प्रसाद अर्यालले बैठक स्थगित गर्दै अर्को बैठकको समय तय गरेका हुन्।

बुधबारको बैठकमा दुई महत्वपूर्ण संशोधन विधेयक प्रस्तुत गरिएका छन्। कानून, न्याय तथा संसदीय मामिला मन्त्री सोबिता गौतमले ‘प्रतिनिधि सभा सदस्य निर्वाचन (पहिलो संशोधन) विधेयक, २०८३’ र ‘मतदाता नामावली (पहिलो संशोधन) विधेयक, २०८३’ सदनमा पेश गरेकी हुन्।

बैठकमा प्रस्तुत सबै कार्यसूची पूरा भएपछि प्रतिनिधि सभाको दोस्रो अधिवेशनअन्तर्गतको बैठक बिहीबार निरन्तर हुने जानकारी दिइएको छ।

यो समाचारमा

काठमाडौँप्रतिनिधि सभाडोल प्रसाद अर्याल

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

    कुल मतदान: 0

    सम्बन्धित समाचार

    sajilo patrika

    मन्त्री बर्खास्तपछि एमालेद्वारा सुदूरपश्चिम सरकारलाई दिएको समर्थन फिर्ता

    काठमाडौं ।नेपाल कम्युनिष्ट पार्टी (एमाले) सुदूरपश्चिम प्रदेश संसदीय दलले नेपाली काँग्रेस नेतृत्वको प्रदेश सरकारलाई दिएको समर्थन फिर्ता लिने निर्णय गरेको छ। बुधबार बसेको संसदीय दलको बैठकले सोही दिन साँझ ५ बजेदेखि लागू हुने गरी सरकारप्रतिको समर्थन फिर्ता लिने निर्णय गरेको दलका नेता राजेन्द्रसिंह रावलले जानकारी दिए।आर्थिक वर्ष २०८३/८४ को बजेट

    Data is loading...

    Loading brands...

    Loading footer...