प्रधानन्यायाधीश फेरिएसँगै कुमार रेग्मीको वरिष्ठता र परिषद् सदस्यता समाप्त

Author

सजिलो पत्रिका

२०८३ जेठ ०६, बुधबार

19
Share
Featured

काठमाडौँ

सर्वोच्च अदालतमा डा. मनोज कुमार शर्मा प्रधानन्यायाधीश नियुक्त भएसँगै न्यायाधीश कुमार रेग्मीको वरिष्ठतम न्यायाधीशको पद हटेको छ । यससँगै उनी न्याय परिषद्को सदस्य पदबाट पनि बाहिरिएका छन्।

यसअघि कामु प्रधानन्यायाधीश सपना प्रधान मल्ल  न्याय परिषद्को सदस्य रहँदा न्यायाधीश रेग्मी वरिष्ठतम न्यायाधीशको भूमिकामा थिए। मंगलबारदेखि सपना मल्ल प्रधान कामु प्रधानन्यायाधीशको जिम्मेवारीबाट हटेर पुनः वरिष्ठतम न्यायाधीशको भूमिकामा फर्किएकी छन्।

यसैबीच सर्वोच्च प्रशासनले कामु प्रधानन्यायाधीशको जिम्मेवारी सकिएपछि न्यायाधीश सपना मल्ल प्रधानका लागि एनेक्स भवनको तेस्रो तलामा च्याम्बर व्यवस्थापन गरेको जनाएको छ।

यो समाचारमा

कुमार रेग्मीकाठमाडौँडा. मनोज कुमार शर्मासपना प्रधान मल्ल

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

    कुल मतदान: 0

    सम्बन्धित समाचार

    sajilo patrika

    देशको आर्थिक विकासमा पुँजी बजारको भूमिका महत्त्वपूर्ण छ, तर गल्ती गर्नेलाई छाड्दैनौं - प्रधानमन्त्री शाह

    काठमाडौं । प्रधानमन्त्री बालेन्द्र शाह (बालेन)ले देशको आर्थिक विकास र समृद्धिका लागि पुँजी बजारको महत्त्वपूर्ण भूमिका रहेको बताएका छन् ।आज प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा सरोकारवाला र नियमनकारी निकायका व्यक्तिसँग छलफल गर्दै प्रधानमन्त्री शाहले पुँजी बजारमार्फत उद्यमशीलताको विकास र रोजगारी सिर्जना गर्ने कार्य मुख्य प्राथमिकतामा रहेको बताएका हुन् ।प्रधानमन्त्री शाहले व्यवसायीलाई

    Data is loading...

    Loading brands...

    Loading footer...