प्रधानन्यायाधीश शर्माको नियुक्ती संगै सपना मल्ल प्रधान २० दिन बिदामा

Author

सजिलो पत्रिका

२०८३ जेठ ०६, बुधबार

15
Share
Featured
  • सर्वोच्च अदालतका वरिष्ठतम न्यायाधीश सपना मल्ल प्रधान २० दिनका लागि बुधबारदेखि बिदामा बसेकी छन्।
  • उनले कामु प्रधानन्यायाधीशको जिम्मेवारी सम्हाल्दै आएकी थिइन्, तर डा. मनोजकुमार शर्मा प्रधानन्यायाधीश बनेपछि बिदा लिएकी हुन्।
  • प्रधानन्यायाधीश सिफारिसको विषयमा फुलकोर्ट बैठकमा विवाद र नोकझोक भएपछि अदालतभित्र असन्तुष्टिको अवस्था देखिएको थियो।
समाचार सारांशGenerated using AI.

काठमाडौँ

सर्वोच्च अदालतका वरिष्ठतम न्यायाधीश सपना प्रधान मल्ल २० दिनका लागि बिदामा बसेकी छन् । प्रधानन्यायाधीश डा. मनोज कुमार शर्माले पदभार ग्रहण गरेसँगै उनले बुधबारदेखि लागू हुने गरी बिदा लिएकी हुन्। सर्वोच्च अदालतका प्रवक्ता अर्जुनप्रसाद कोइरालाका अनुसार न्यायाधीश प्रधानले आफैं बिदा स्वीकृत गरेकी हुन्।

यसअघि पूर्वप्रधानन्यायाधीश प्रकाशमानसिंह राउत उमेरहदका कारण अवकाश भएपछि सपना मल्ल प्रधानले २०८२ चैत १८ गतेदेखि कामु प्रधानन्यायाधीशको जिम्मेवारी सम्हाल्दै आएकी थिइन्। संवैधानिक परिषद्ले डा. मनोजकुमार शर्मालाई प्रधानन्यायाधीशमा सिफारिस गरेपछि न्यायाधीश प्रधान असन्तुष्ट रहेको चर्चा भएको थियो।

प्रधानन्यायाधीश सिफारिसको विषयमा फुलकोर्ट बैठकमा विवाद र नोकझोक भएको बताइएको छ। उक्त घटनापछि शर्मा वैशाख २५ गतेदेखि इजलासमा बसेका थिएनन्। बुधबार औपचारिक रूपमा पदभार ग्रहण गरेसँगै भने उनले इजलासको काम पुनः सुरु गरेका छन्।

यो समाचारमा

सपना प्रधान मल्लडा. मनोज कुमार शर्माकाठमाडौँसर्वोच्च अदालत

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

    कुल मतदान: 0

    सम्बन्धित समाचार

    sajilo patrika

    अवैध व्यापारिक गतिविधि गर्नेलाई सरकारको कडा चेतावनी, बजार अनुगमन तीव्र पारिने

    काठमाडौं । सरकारले बजारमा लेबल नभएका, न्यून गुणस्तरका, मिसावटयुक्त र चोरी पैठारी गरिएका सामान बिक्री गर्ने व्यवसायीलाई कडा कारबाहीको चेतावनी दिएको छ। उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालय मातहतको वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागले एक सूचना जारी गर्दै गैरकानूनी व्यापारिक गतिविधिमा संलग्नहरूलाई कानुनी दायरामा ल्याउने स्पष्ट पारेको हो।भौतिक बजारका साथै

    Data is loading...

    Loading brands...

    Loading footer...