आइसीसी विश्वकप क्रिकेट लिग–२ : टस जितेर ब्याटिङ गर्दै स्कटल्यान्ड

Author

सजिलो पत्रिका

२०८३ जेठ ०६, बुधबार

26
Share
Featured
  • त्रिवि क्रिकेट मैदान कीर्तिपुरमा जारी खेलमा स्कटल्यान्डका कप्तान रिची बेरिङ्टनले टस जितेर ओडीआई (ODI) संरचना अनुरूप पहिले ब्याटिङ रोजेका छन्।

  • लिग-२ को शीर्ष स्थान सुरक्षित राख्न दुवै टोलीका लागि यो खेल महत्त्वपूर्ण छ, जहाँ स्कटल्यान्ड ३८ अङ्कका साथ पहिलो र अमेरिका ३६ अङ्कका साथ दोस्रो स्थानमा छन्।

  • आजको खेलमा अमेरिकाले जित हात पारेमा स्कटल्यान्डलाई उछिन्दै अङ्क तालिकाको शीर्ष स्थान कब्जा गर्ने सुनौलो अवसर पाउनेछ।

  • स्कटल्यान्डको तर्फबाट अनुभवी ब्याटर जर्ज मुन्से र बलर मार्क वाट मैदानमा चम्किने दाउमा छन् भने अमेरिकाका लागि सौरभ नेत्रावलकर र कप्तान सैतेजा मुक्कामल्ला मुख्य हतियारका रूपमा रहेका छन्।

समाचार सारांशGenerated using AI.

काठमाडौँ, ६ जेठ I

आइसीसी विश्वकप क्रिकेट लिग–२ मा अमेरिकाविरुद्धको खेलमा स्कटल्याण्डले टस जितेर पहिले ब्याटिङ गर्ने निर्णय गरेको छ ।

कीर्तिपुरस्थित त्रिभुवन विश्वविद्यालय अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा भएको टसमा स्कटल्यान्डका कप्तान रिची बेरिङ्टनले टस जितेर पहिला ब्याटिङ गर्ने निर्णय गरेका हुन् । अमेरिकालाई हराउँदै आज पनि स्कटल्यान्ड अङ्क तालिकाको शीर्ष स्थानमा यथावत रहने दाउमा छ ।

स्कटल्यान्ड ३८ अङ्कका साथ तालिकाको शीर्ष स्थानमा छ । त्यसो त अमेरिका पनि स्कटल्यान्डलाई हराउँदै अङ्क तालिकाको शीर्ष स्थानमा पुग्ने लक्ष्यका साथ मैदानमा उत्रदैछ । संयुक्त राज्य अमेरिका ३६ अङ्कका साथ अङ्क तालिकाको दोस्रो स्थानमा छ । स्कटल्यान्डको प्लेइङ–११ मा कप्तान रिची बेरिङ्टनसहित जर्ज मुन्से, माइकल इंग्लिस, फिन्ले म्याकक्रेथ, ब्रान्डन म्याकमुलन, म्याथ्यु क्रस (विकेटकिपर), माइकल लिस्क, मार्क वाट, सफयान शरीफ, ओलिभर डेभिड्सन र ज्याक जार्भिस छन् ।

त्यस्तै अमेरिकाको प्लेइङ–११ मा शेहान जयसूर्या, हरमित बधन, रुशिल उगारकर, सैतेजा मुक्कामल्ला (कप्तान), सञ्जय कृष्णमूर्ति, शायन जहाँगिर, मिलिन्द कुमार, सौरभ नेत्रावलकर, शुभम रञ्जने, स्मित पटेल (विकेटकिपर) र नोस्तुश केन्जिगे छन् ।

यो समाचारमा

कीर्तिपुरसंयुक्त राज्य अमेरिकाकाठमाडौँत्रिभुवन विश्वविद्यालय अन्तर्राष्ट्रिय क्रिकेट मैदान
स्कटल्याण्ड4 more

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

    कुल मतदान: 0

    सम्बन्धित समाचार

    sajilo patrika

    स्पेनसँग हारेपछि पत्रकार सम्मेलनमै रोए अर्जेन्टिनाका प्रशिक्षक

    काठमाडौं । सोमबार बिहान अर्जेन्टिनालाई अतिरिक्त समयमा १-० ले हराएर स्पेनले दोस्रोपटक फिफा विश्वकपको उपाधि जितेको छ। अर्जेन्टिनालाई मुस्किलले हराउँदै १६ वर्षपछि दोस्रोपटक विश्वकपको उपाधि जित्दा स्पेनी टोलीको खुसीको सीमा छैन।उता पराजित अर्जेन्टिनाका प्रशिक्षक लियोनेल स्कालोनी भने पत्रकार सम्मेलनमै रोएका छन्। खेलपछि आयोजित पत्रकार सम्मेलनमा उनी धेरैपटक रोए र माफी

    Data is loading...

    Loading brands...

    Loading footer...