फिफा विश्वकप: सबैभन्दा सानो देश कुरासाओद्वारा अन्तिम टोली घोषणा

Author

सजिलो पत्रिका

२०८३ जेठ ०६, बुधबार

17
Share
Featured

काठमाडौँ, ०६ जेठ ।

पहिलो पटक फिफा विश्वकप-२०२६ मा छनौट भएको क्यारिबियन क्षेत्रको सानो देश कुरासाओले २६ सदस्यीय अन्तिम टोली घोषणा गरेको छ । मुख्य प्रशिक्षक डिक एडभोकाटले घोषणा गरेको टोलीमा जुनिन्हो बाकुना, ताहिथ चोङ, इलोई कोथा र जुर्गेन लोकाडिया जस्ता अनुभवी खेलाडी रहेका छन् । कुरासाओको टोलीमा धेरै खेलाडी नेदरल्यान्ड्समा जन्मिएका वा त्यहाँ खेलिरहेका छन्, किनकि कुरासाओ नेदरल्यान्ड्सको अधीनस्थ देश हो । त्यसैले डच मूलका खेलाडीहरू कुरासाओको टिममा धेरै छन् ।

यो देशको जनसंख्या करिब १.५ लाख मात्र छ । कुरासाओ विश्वकपमा छनोट हुने इतिहासकै सबैभन्दा सानो देश बनेको छ। छनौट चरणमा अपराजित रहेको यो टिमलाई ‘ब्लु वेभ’ उपनाम दिइएको छ । फिफा विश्वकप-२०२६ को समुह ‘ई’ मा रहेको यो टीमले समुह चरणमा जर्मनी, इक्वाडर र आइभरी कोस्टसँग प्रतिस्पर्धा गर्नेछ ।

कुरासाओको टोली :

  • गोलकिपर : इलोई कोथा, ट्रेवर डोर्नबुश, टाइरिक बोडाक

  • डिफेन्डर : रिचेडली बाजोयर, जोशुआ ब्रेनेट, रोशोन भ्यान इज्मा, शेरेल फ्लोरानस, डेभरोन फोनभिल, जुरियन गारी, अर्मान्डो ओबिस्पो, शुरन्डी साम्बो

  • मिडफिल्डर : जुनिन्हो बाकुना, लिआन्ड्रो बाकुना, लिभानो कोमेनेन्सिया, केभिन फेलिडा, अर्जानी मार्था, टायरेस नोस्लिन, गडफ्राइड रोमेराटो

  • फरवार्ड : जेरेमी एन्टोनिस, ताहिथ चोङ, केन्जी गोरे, सोन्टजे हान्सन, गेर्भेन कास्टानेर, ब्रान्डले कुवास, जुर्गेन लोकाडिया, जर्ल मार्गारीथा

  • क्यारिबियन राष्ट्र कुरासाओले फिफा विश्वकप २०२६ का लागि आफ्नो २६ सदस्यीय आधिकारिक टोली सार्वजनिक गरेको छ।

  • करिब १.५ लाख मात्र जनसङ्ख्या भएको कुरासाओ विश्वकपको इतिहासमै छनोट हुने अहिलेसम्मकै सबैभन्दा सानो देश बनेको छ।

  • अनुभवी डच प्रशिक्षक डिक एडभोकाटको रणनीतिमा रहेको यो टोली छनोट चरणमा अपराजित रहँदै विश्वकप यात्रा तय गर्न सफल भएको हो।

  • नेदरल्यान्ड्सको अधीनस्थ टापु राष्ट्र भएकाले कुरासाओको टोलीमा ताहिथ चोङ र जुर्गेन लोकाडिया जस्ता डच लिग तथा युरोपेली फुटबलको अनुभव भएका खेलाडीहरूको वर्चस्व छ।

  • 'ब्लु वेभ' उपनामले चिनिने कुरासाओ विश्वकपको बलियो समूह 'ई' मा रहेको छ, जहाँ उसले जर्मनी, इक्वाडर र आइभरी कोस्टको सामना गर्नेछ।

यो समाचारमा

फिफा विश्वकपकाठमाडौँ

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

    कुल मतदान: 0

    सम्बन्धित समाचार

    sajilo patrika

    स्पेनसँग हारेपछि पत्रकार सम्मेलनमै रोए अर्जेन्टिनाका प्रशिक्षक

    काठमाडौं । सोमबार बिहान अर्जेन्टिनालाई अतिरिक्त समयमा १-० ले हराएर स्पेनले दोस्रोपटक फिफा विश्वकपको उपाधि जितेको छ। अर्जेन्टिनालाई मुस्किलले हराउँदै १६ वर्षपछि दोस्रोपटक विश्वकपको उपाधि जित्दा स्पेनी टोलीको खुसीको सीमा छैन।उता पराजित अर्जेन्टिनाका प्रशिक्षक लियोनेल स्कालोनी भने पत्रकार सम्मेलनमै रोएका छन्। खेलपछि आयोजित पत्रकार सम्मेलनमा उनी धेरैपटक रोए र माफी

    Data is loading...

    Loading brands...

    Loading footer...