झाडी फाडेर व्यावसायिक अकबरे खुर्सानीखेती : १० लाख आम्दानी गर्ने लक्ष्य

Author

सजिलो पत्रिका

२०८३ जेठ ०६, बुधबार

23
Share
Featured

    • वैदेशिक रोजगारीबाट ८ वर्षपछि फर्किएका तनबहादुर गुरुङ र कुमार गुरुङले स्याङ्जाको भिरकोट–९ मा ३० रोपनी बाँझो र झाडी जमिन फाँडेर व्यावसायिक अकबरे खुर्सानीखेती सुरु गरेका छन्।
    • बगाले खुर्सानी (अकबरे) को बजार माग उच्च रहेको, प्रतिमाना रु १०० र प्रतिकेजी रु ३५० सम्म सजिलै बिक्री हुने भएकाले यस वर्ष खुर्सानी बेचेर १० लाख रुपैयाँ खुद आम्दानी गर्ने उनीहरूको लक्ष्य छ।
    • हालसम्म १० हजार बिरुवा लगाइसकेकोमा यस सिजनमा २० हजार बिरुवा पुर्‍याउने तयारी छ, जसका कारण हाल स्थानीय ८ जनाले रोजगारी समेत पाएका छन्।
    • परम्परागत खेतीपातीलाई बाँदर तथा अन्य जङ्गली जनावरले नष्ट गरिदिने समस्या आएपछि, जनावरले क्षति नगर्ने उपयुक्त विकल्पका रूपमा अकबरे खुर्सानी रोजिएको हो।
    • गाउँबाट बजारतिर बसाइँ सर्ने प्रवृत्तिका कारण रित्तिएका घर र बाँझिएका जग्गाजमिनलाई पुनः उत्पादनमुखी बनाउन यो खेती उदाहरणीय बनेको छ।
    • भिरकोट नगरपालिकाले यस खेतीलाई प्रवद्र्धन गरेसँगै वडा नं ९ का विभिन्न समूह र सहकारीमार्फत हाल झन्डै १०० जना किसानहरू ९० रोपनी क्षेत्रफलमा व्यावसायिक खुर्सानीखेतीमा जोडिएका छन्।
    समाचार सारांशGenerated using AI.

    वालिङ (स्याङग्जा), ६ जेठ I

    यहाँका दुई युवाले बाँझो रहेको जमिनको सदुपयोग गर्दै व्यावसायिक रूपमा अकबरे खुर्सानीखेती सुरु गर्नुभएका छन् ।

    स्याङ्जाको भिरकोट नगरपालिका–९ सिर्कोट पिपलडाँडामा झन्डै ३० रोपनी क्षेत्रफलमा व्यावसायिक खुर्सानीखेती थालिएको हो ।

    एकपटक लगाएपछि केही वर्षसम्म उत्पादन तथा आम्दानी लिन पाइने, बजार मूल्य राम्रो रहेको र बजारीकरणमा समस्या नभएकाले अकबरे खुर्सानीखेतीमा युवको आकर्षण बढेको हो । तीन–चार वर्षअघिदेखि थोरै मात्रामा खुर्सानीखेती गर्दै आएकामा उत्पादन राम्रो भएपछि व्यावसायिक रूपमा अगाडि बढेको किसान तनबहादुर गुरुङले बताउनुभयो ।

    वैदेशिक रोजगारीमा आठ वर्ष बिताउनुभएका गुरुङले आफ्नै गाउँठाउँमा केही गर्नुपर्छ भन्ने लागेर स्वदेश फर्किएसँगै खुर्सानीखेती थाल्नुभएको हो । “विदेशमा बगाउने पसिना आफ्नै माटोमा बगाउन सकियो भने राम्रो हुने ठानेर स्वदेशमै खुर्सानीखेती गर्ने निधो गरेँ”, उहाँले भन्नुभयो, “जङ्गलैजङ्गल, बाँझो अनि पातीको झाडी फाडेर खुर्सानी लगाएका छौँ ।” अहिलेसम्म झन्डै १० हजार बिरुवा लगाइसक्नुभएका गुरुङले यस वर्ष २० हजार बिरुवा खुर्सानी लगाउनका लागि जमिनको तयारी गर्नुभएको छ । आफ्नै २० रोपनीका अलावा थप १० रोपनी जमिन भाडामा लिनुभएको छ ।

    “गाउँबाट बसाइँ सरेर बजार जाने प्रवृत्तिकै कारण गाउँका घरहरू रित्तिँदै गए जग्गा जमिन बाँझिन थाले”, उहाँले भन्नुभयो, “बाँझिएको जमिनको सदुपयोग गर्दै आम्दानीसित जोडिँदै गाउँमै बसेर पनि केही गर्न सकिन्छ है भन्ने उदाहरण खुर्सानीले दिनेमा म विश्वस्त छु ।” गाउँघरमा प्रतिमाना रु १०० र प्रतिकेजी रु ३५० का दरले बिक्री गर्न सकिने व्यावसायी कुमार गुरुङले बताउनुभयो । खुर्सानीको माग अत्यधिक रहेकाले खुर्सानी बिक्रीबाट यस वर्ष करिब १० लाख आम्दानी गर्ने लक्ष्य उहाँको छ ।

    खुर्सानी लगाउनका लागि जग्गा जमिन सम्याउने, बिरुवा लगाउने कार्यका लागि हाल आठ जनाले रोजगारी पाउनुभएको छ । अन्य बाली लगाउँदा बाँदरलगायत जङ्गली जनावरले नष्ट गरिदिने भएकाले खुर्सानीलाई विकल्पका रूपमा अगाडि सारिएको हो । पछिल्लो समय भिरकोट नगरपालिकाले व्यावसायिक अकबरेखेती कार्यक्रमलाई कार्यान्वयनमा लगेको छ । भिरकोटको वडा नं ९ मा झन्डै ९० रोपनी क्षेत्रफलमा व्यावसायिक खुर्सानीखेती थालिएको छ । विभिन्न समूह, सहकारी तथा व्यक्तिमार्फत वडामा झन्डै एक सय जना किसान खुर्सानीखेतीमा सहभागी भएका भिरकोट–९ का वडाध्यक्ष भीमबहादुर गुरुङले बताउनुभयो ।

    यो समाचारमा

    यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

      कुल मतदान: 0

      सम्बन्धित समाचार

      sajilo patrika

      तोलामा ३१ सयले घट्यो सुनको भाउ, तोलाको कतिमा हुँदैछ कारोबार ?

      काठमाडौं । नेपाली बजारमा शुक्रबार सुन–चाँदीको मूल्य घटेको छ। बिहीबार तोलामा चार सय रूपैयाँ बढेको सुनको मूल्य आज प्रतितोला ३१ सय रूपैयाँ घटेको हो।नेपाल सुनचाँदी ब्यवसायी महासंघका अनुसार आज एक तोला सुनको मोल दुई लाख ८२ हजार एक सय रूपैयाँ निर्धारण भएको छ।अघिल्लो कारोबार दिन (बिहीबार) सुन प्रतितोला दुई लाख

      Data is loading...

      Loading brands...

      Loading footer...