रास्वपा सांसद कार्की विवादको चंगोलमा, विदेशी युवतीसँगको सम्बन्धबारे संसद्‍मा उठ्यो प्रश्न

Author

सस्मिता सुनार

२०८३ जेठ ०५, मङ्गलबार

70
Share
Featured

काठमाडौँ । नयाँ र वैकल्पिक शक्तिको नारा दिएर जनविश्वास जितेकोराष्ट्रिय स्वतन्त्र पार्टीराष्ट्रिय स्वतन्त्र पार्टी  (रास्वपा) का सांसदहरू पछिल्लो समय एकपछि अर्को गर्दै विवादमा तानिन थालेका छन्। पुराना दलहरूसँग वाक्क भएका जनताले देशमा परिवर्तन र सुशासन आउने आशमा रास्वपालाई मत दिएका थिए। सांसदहरूको मुख्य काम देशका लागि आवश्यक नयाँ ऐन, कानुन र नीतिहरू बनाउनु, पुराना कानुन परिमार्जन गर्नु वा खारेज गर्नु हो। सरकारलाई सही बाटोमा राख्ने र नियन्त्रण गर्ने जिम्मेवारी पनि सांसदकै हुन्छ। तर, जनसरोकारका विषय उठाउनुपर्ने जनप्रतिनिधिहरू नै गम्भीर विवादमा मुछिएपछि जनताका युगौँदेखिका समस्या फेरि पनि छायामा पर्ने हुन् कि भन्ने चिन्ता थपिएको छ।

चर्चाको केन्द्रमा सांसद कृष्णकुमार कार्की

रास्वपाका मोरङ क्षेत्र नम्बर २ बाट निर्वाचित सांसद कृष्ण कुमार कार्की ले एक विदेशी युवतीलाई गर्भवती बनाएर अलपत्र पारेको समाचारले यतिबेला सामाजिक सञ्जाल ठाउँ पाएको छ । अनलाइन समाचार पोर्टल जनआस्था डटकमले सोमबार प्रकाशित गरेको उक्त समाचारको चौतर्फी आलोचना र चर्चा भइरहेको छ।"विदेशी युवतीलाई गर्भवती बनाएर माननीय बेपत्ता" शीर्षकको उक्त समाचारमा सांसद कार्कीले ती युवतीलाई प्रेमजालमा पारेर अलपत्र पारेको आरोप लगाइएको छ । 

सोमबार बसेको प्रतिनिधि सभाको बैठकमा सभामुखले शून्य समयमा बोल्नका लागि कार्कीको नाम तीन पटकसम्म बोलाउँदा पनि उनी उपस्थित भएनन्। बैठकमा बोल्ने समय लिएर पनि कार्की किन अनुपस्थित भए  भन्ने प्रश्न सर्वत्र उठ्यो।  तर, स्रोतका अनुसार, आफूसँग सम्बन्धित गम्भीर समाचार बाहिरिएलगत्तै कार्की संसद भवनबाट बाहिरिएका थिए।

के छ समाचारमा ?

जनआस्था डटकममा छापिएको विवरण अनुसार, गर्भवती अवस्थामा रहेकी २६ वर्षीया रिता अजु नाइजेरियन नागरिक हुन्। ठमेलमा बस्दै आएकी अजु र सांसद कार्की लिभिङ रिलेशनशिपमा रहेको र हाल कार्की सम्पर्कविहीन भएको समाचारमा उल्लेख छ। आफ्नो चाहना नहुँदा नहुँदै पनि कार्कीले शारीरिक सम्बन्ध राखेको र गर्भवती भएपछि गर्भपतन गर्न समेत नदिएर अहिले अलपत्र पारेको पीडित भनिएकी युवतीको भनाइ उद्धृत गर्दै समाचार लेखिएको छ।

यसका साथै, उक्त समाचारमा कार्की विगतमा गुण्डा नाइके दिनेश अधिकारी (चरी) को ग्याङमा रहेको, प्रहरी इन्काउन्टरमा चरी मारिएपछि जापान पलायन भएको आरोप समेत लगाइएको छ।

सामाजिक सञ्जालदेखि सदनसम्म बहस  चर्चाको विषय

सांसद कार्कीको यो विषय यतिबेला सामाजिक सञ्जालमा मात्र सीमित नभई संसद्‍मा पनि प्रवेश पाएको छ। मंगलबारको बैठकमा दुई जना महिला सांसदले यस विषयमा सत्यतथ्य छानबिन गर्न माग गर्दै संसद्को ध्यानाकर्षण गराएका छन्। 

नेपाली काँग्रेसकी सांसद निनुकुमारी कर्णले सांसद कार्कीका बारेमा आएका समाचारप्रति प्रश्न उठाउँदै सोको छानबिन गरी संसद्लाई जानकारी गराउन माग गरिन्। उनले भनिन्, "एउटा विदेशी महिलालाई प्रेमजालमा फसाउने, भावनात्मक ब्ल्याकमेल र जालझेल गरेर अलपत्र पार्ने जनप्रतिनिधिले आफ्नो राष्ट्रका नागरिकलाई कसरी सुरक्षा दिन सक्छ? यस्तो घटनाले प्रत्येक नारीको मनमा गम्भीर प्रश्न उठाएको छ।"

त्यस्तै, नेपाल कम्युनिष्ट पार्टी (एमाले) की सांसद पार्वती बिकले पनि कार्कीका बारेमा आएका विषयको यथार्थता सदनलाई जानकारी गराउन माग गरिन्।

"म जान्न चाहन्छु, यथार्थ कुरा के हो? यो सदन सत्यता जान्न चाहन्छ। यदि यो हचुवाका भरमा आएको कुरा हो भने हाम्रो राष्ट्रियताका लागि सह्य हुँदैन। यदि सत्य हो भने माननीयलाई सिधै कारबाहीको दायरामा ल्याउनुपर्छ," बिकले भनिन्।

पत्रकारले घेरेपछि कपडा खोलेर देखाए छाती

सञ्चारकर्मीहरूले चौतर्फी प्रश्न गरेपछि सांसद कार्कीले आफ्नो बचाउ गरेका छन्। उनले समाचारमा भनिएजस्तो आफ्नो छातीमा कुनै ट्याटु नभएको दाबी गर्दै कपडा खोलेर छातीसमेत देखाएका थिए। आफूविरुद्ध नियोजित रूपमा षड्यन्त्र भएको दाबी गर्दै उनले यस विषयमा अनुसन्धान भइरहेको बताए।

विवादै विवादमा जनप्रतिनिधि

वैकल्पिक राजनीतिको गफ दिने पार्टीका सांसदहरू नै निरन्तर अनेक काण्ड र विवादमा मुछिनुले जनतामा निराशाको बादल मडारिन थालेको छ। कहिले संसदीय मर्यादाविपरीतका अभिव्यक्ति, कहिले शेयर बजार र जग्गा विवाद त कहिले नैतिक आचरणमाथि उठ्ने प्रश्नहरूले रास्वपाका सांसदहरूको छविमाथि धक्का पुर्‍याएको छ। जनप्रतिनिधि आफैँ विवादको चंगोलमा फसिरहँदा जनताका आधारभूत मुद्दाहरू सधैँका लागि ओझेलमा पर्ने खतरा बढेको छ।

यो समाचारमा

काठमाडौँनेपाली काँग्रेसमोरङनेपाल कम्युनिष्ट पार्टी (एमाले)
प्रतिनिधि सभा6 more

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

    कुल मतदान: 0

    सम्बन्धित समाचार

    sajilo patrika

    भारतमा प्रश्नपत्र चुहावटविरुद्ध 'कक्रोच' आन्दोलन चर्कियो, संसद् भवन घेर्ने प्रयास

    काठमाडौं । भारतमा प्रश्नपत्र चुहावट र शिक्षा प्रणालीमा सुधारको माग गर्दै युवा नेतृत्वको ‘कक्रोच’ आन्दोलनले उग्र रूप लिएको छ। सोमबार हजारौँ प्रदर्शनकारीहरू राजधानी नयाँदिल्लीको जन्तरमन्तरमा भेला भई संसद् भवनतर्फ मार्च गर्ने प्रयास गरेका छन्। संसद्को मनसुन अधिवेशन जारी रहेकाले प्रहरीले सुरक्षाको कारण देखाउँदै मार्चको अनुमति नदिएपछि दिल्लीको सुरक्षा व्यवस्था अत्यन्त

    Data is loading...

    Loading brands...

    Loading footer...