दश महिनामा तीन अर्ब ६१ करोड राजस्व सङ्कलन

Author

सजिलो पत्रिका

२०८३ जेठ ०५, मङ्गलबार

21
Share
Featured

      • आन्तरिक राजस्व कार्यालय भद्रपुरले चालु आर्थिक वर्ष २०८२/८३ को १० महिनामा ३ अर्ब ६१ करोड ८४ लाख रुपैयाँ राजस्व उठाएको छ।
      • वैशाख मसान्तसम्मका लागि ४ अर्ब ४० करोड १५ लाख रुपैयाँ संकलन गर्ने लक्ष्य राखिए पनि लक्ष्यको ८२.२१ प्रतिशत मात्र प्रगति हासिल भएको छ।
      • वैशाख महिनामा मात्र ४२ करोड ८५ लाख रुपैयाँको लक्ष्य राखिएकोमा ८३.८७ प्रतिशत मात्र राजस्व उठ्न सकेको छ।
      • संकलित कुल राजस्वमध्ये सबैभन्दा बढी आयकरतर्फ १ अर्ब ६८ करोड, मूल्य अभिवृद्धि कर (VAT) तर्फ १ अर्ब २८ करोड र अन्तःशुल्कतर्फ ४९ करोड ९७ लाख रुपैयाँ संकलन भएको छ।
      • कार्यालयले राजस्व वृद्धि गर्नका लागि करदाता सचेतना जगाउने, बजार अनुगमनलाई तीव्र पार्ने र कर प्रशासनलाई प्रभावकारी बनाउने कार्यलाई जोड दिइरहेको छ।
      • कार्यालयले राजस्व वृद्धि गर्नका लागि करदाता सचेतना जगाउने, बजार अनुगमनलाई तीव्र पार्ने र कर प्रशासनलाई प्रभावकारी बनाउने कार्यलाई जोड दिइरहेको छ।
      समाचार सारांशGenerated using AI.

      भद्रपुर (झापा), ५ जेठ I

      आन्तरिक राजस्व कार्यालय भद्रपुरले चालु आर्थिक वर्ष २०८२÷८३ को १० महिनामा रु तीन अर्ब ६१ करोड ८४ लाख २२ हजार राजस्व सङ्कलन गरेको छ ।

      यो रकम सो अवधिका लागि तय गरिएको लक्ष्यको ८२ दशमलव २१ प्रतिशत हो । कार्यालयका कर अधिकृत डिल्लीराम चम्लागाईका अनुसार चालु आवको वैशाख मसान्तसम्म रु चार अर्ब ४० करोड १५ लाख ४० हजार राजश्व सङ्कलन गर्ने लक्ष्य राखिएको थियो ।

      वैशाख महिनामा मात्र रु ४२ करोड ८५ लाख ६३ हजार राजस्व सङ्कलन गर्ने लक्ष्य रहेकामा लक्ष्यको ८३ दशमलव ८७ प्रतिशत मात्र सङ्कलन भएको उहाँले जानकारी दिनुभयो । कार्यालयका तथ्याङ्कअनुसार चालु आवको वैशाख महिनासम्ममा आयकरबाट रु एक अर्ब ६८ करोड ६८ लाख ६७ हजार, मूल्य अभिवृद्धि करबाट रु एक अर्ब २८ करोड ८० लाख १० हजार तथा अन्तःशुल्कबाट रु ४९ करोड ९७ लाख ३२ हजार राजस्व सङ्कलन भएको छ । कार्यालयले करदाता सचेतना, नियमित अनुगमन तथा कर प्रशासनलाई प्रभावकारी बनाउँदै राजस्व सङ्कलन वृद्धि गर्ने प्रयास जारी रहेको जनाएको छ ।

      यो समाचारमा

      यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

        कुल मतदान: 0

        सम्बन्धित समाचार

        sajilo patrika

        नयाँ आर्थिक वर्षसँगै नयाँ आयकरको व्यवस्था लागु : १० लाखसम्म कमाउनेलाई १५ मात्र कर

        काठमाडौं। नयाँ आर्थिक वर्षको सुरुवातसँगै सरकारले व्यक्तिगत आयकरको न्यूनतम सीमा (थ्रेसहोल्ड) बढाएर सर्वसाधारणलाई ठुलो राहत दिएको छ। आर्थिक ऐन २०८३ अनुसार आजैदेखि लागु हुने गरी व्यक्तिगत आयकरको सीमा बढाउनुका साथै अधिकतम करको दरमा समेत भारी कटौती गरिएको छ। अर्थ मन्त्रालयका अनुसार आम नागरिकको करको बोझ कम गर्ने उद्देश्यले यो नयाँ

        Data is loading...

        Loading brands...

        Loading footer...