प्रधानमन्त्रीको स्टाटसपछि डीडीसी चिजको माग ह्वात्तै बढ्यो

Author

सजिलो पत्रिका

२०८३ जेठ ०४, सोमबार

19
Share
Featured

काठमाडौँ

प्रधानमन्त्री बालेन्द्र शाह (बालेन)को सामाजिक सञ्जाल पोस्टपछि दुग्ध विकास संस्थान (डीडीसी) का उत्पादनको बजार माग उल्लेख्य रूपमा बढेको छ । विशेषगरी ‘से चिज, डिडिसीको चिज अर्थात् चिज भन्नुस्’ भन्ने सन्देश सार्वजनिक भएपछि डीडीसीको चिजको माग बढ्दै गएको संस्थानले जनाएको छ ।

डीडीसीका महाप्रबन्धक शरणकुमार पाण्डेका अनुसार स्टकमा रहेका चिजसमेत प्याक गरेर बजार पठाउन थालिएको छ । बिग मार्ट र भाटभटेनीजस्ता ठूला बजारबाट समेत माग बढिरहेको उनले बताएका छन् । बढ्दो मागका कारण डीडीसीका गोदाम क्रमशः रित्तिन थालेका छन् ।

यद्यपि, माग बढे पनि डीडीसीसँग पर्याप्त वितरण केन्द्र नरहेको भन्दै निजी डेरी कम्पनीहरूसँग समन्वय गर्ने तयारी भइरहेको जनाइएको छ । डीडीसीले रसुवा, दोलखा, रामेछाप, सोलुखुम्बु, इलामपाँचथरलगायत जिल्लाबाट चौँरीको दूध सङ्कलन गरी चिज उत्पादन गर्दै आएको छ ।

संस्थानका अनुसार हाल देशभर रहेका १४ चिज उत्पादन केन्द्रमध्ये ८ वटामा याकको चिज उत्पादन भइरहेको छ । वार्षिक करिब ३६ क्विन्टल याक चिज उत्पादन हुने गरेको छ । महाप्रबन्धक पाण्डेले चौँरीमा रोग लाग्ने समस्या र दूध उत्पादन घट्ने अवस्थाले भविष्यमा उत्पादनमा असर पर्न सक्ने बताएका छन् ।

यो समाचारमा

रामेछापबालेन्द्र शाह (बालेन)दोलखारसुवा
पाँचथर7 more

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

    कुल मतदान: 0

    सम्बन्धित समाचार

    sajilo patrika

    विकासको केन्द्रमा मानव र प्रकृति हुनुपर्छ - राष्ट्रपति पौडेल

    काठमाडौँ । राष्ट्रपति रामचन्द्र पौडेलले विकास निर्माणको केन्द्रमा मानव र प्रकृतिलाई राख्नुपर्नेमा जोड दिएका छन्। नेपाल इन्जिनियर्स एसोसिएसनको ६४औँ वार्षिकोत्सवलाई सम्बोधन गर्दै उनले विकासको अवधारणा जनताको कल्याण र मुलुकको समृद्धिसँग जोडिनुपर्ने बताए।जलवायु परिवर्तनको बढ्दो चुनौतीलाई मध्यनजर गर्दै अबका पूर्वाधारहरू दिगो, पर्यावरणमैत्री र 'हरित विकास' को सिद्धान्तमा आधारित हुनुपर्ने राष्ट्रपतिको भनाइ

    Data is loading...

    Loading brands...

    Loading footer...