इरानी कब्जामा रहेका अमृत झा रिहा भएको गलत सूचना प्रवाह भएकोमा परराष्ट्र मन्त्रालयले माग्यो माफी

Author

सजिलो पत्रिका

२०८३ जेठ ०४, सोमबार

13
Share
Featured

काठमाडौँ । परराष्ट्र मन्त्रालय ले अमृत झालाई इरानले रिहा गरेको भन्ने गलत सूचना सम्प्रेषण गरेकोप्रति माफी मागेको छ । परराष्ट्रले सोमबार एक विज्ञप्ति जारी गर्दै माफी मागेको हो । 

“इरानको स्थानीय अदालतमा मुद्दा विचाराधीन रहेको र झा थुनामै रहेको अवस्थामा निज रिहा भएको भन्ने अनौपचारिक जानकारी सार्वजनिक हुन गएबाट सिर्जना भएको अन्योल र असुविधाप्रति मन्त्रालय क्षमाप्रार्थी छ,” परराष्ट्रले विज्ञप्तिमा भनेको छ ।

केही दिनअघि परराष्ट्र मन्त्रालयले झालाई इरानले रिहा गरेको व्यहोरासहितको विज्ञप्ति जारी गरेको थियो । परराष्ट्रमन्त्री शिशिर खनालले पनि सामाजि सञ्जालमार्फत झा रिहा भएको जनाएका थिए । तर, पछि झा रिहा नभएको जानकारी प्राप्त भएको थियो ।

परराष्ट्र मन्त्रालयका अनुसार इरानको केश्म टापुमा इरानी सुरक्षाकर्मीले पक्राउ गरेको थियो । अवैध सामान तस्करी एवम् ओसारपसारको आरोपमा उनलाई पक्राउ गरिएको थियो । उनलाई बन्दर अब्बासमा पुर्पक्षका लागि थुनामा राखिएको थियो ।

अमेरिका-इजरायल र इरानबीच युद्ध सुरु हुनुअघि २०२६ को जनवरीमा झा र अन्य ६ जना विदेशी एकसाथ पत्राउ परेका थिए ।

परराष्ट्रका अनुसार गत अप्रिल १५ मा इरानका लागि नेपाली अनररी कन्सल शाहराम शान्तिईले कतारस्थित नेपाली कार्यवाहक राजदूत कुमार राईलाई झा रिहा भएको सूचना दिएका थिए ।

त्यसपछि उक्त सूचना राईले परराष्ट्रलाई पठाएका थिए । सम्बन्धित महाशाखा प्रमुखले सो सूचना परराष्ट्रमन्त्री र परराष्ट्र सचिवलाई दिएका थिए । सोही दिन मन्त्रालयले विज्ञप्ति मार्फत र परराष्ट्रमन्त्रीले सामाजिक सञ्जालमार्फत झा रिहा भएको जानकारी दिएका थिए ।

झा रिहा भएको विषय शंकास्पद बनेपछि परराष्ट्रले दोहास्थित नेपाली दूतावासलाई झा रिहा भएको लिखित प्रमाण उपलब्ध गराउन निर्देशन दिएको थियो ।

“तर केही दिनपछि प्राप्त जानकारीअनुसार, अमृत झा रिहा भइनसकेको र निज सम्बद्ध मुद्दामा अदालतले एक्सपर्ट रिपोर्ट तयार गर्न भनेको । तत्पश्चात् परराष्ट्र मन्त्रीज्यूलगायतका अधिकारीहरूसँग मन्त्रालयमा भएको भेटमा निज झाका परिवारलाई  यी सबै तथ्यहरू जानकारी गराइसकिएको छ,” परराष्ट्रले विज्ञप्तिमा भनेको छ ।

प्राप्त पछिल्लो जानकारी अनुसार एक्सपर्ट रिपोर्टका लागि गठित विज्ञ टोलीले प्रतिवेदन तयार गरी अदालतमा बुझाउने क्रममा रहेको छ ।

“इरानको स्थानीय अदालतमा विचाराधीन रहेको मुद्दाको निरूपण इरानको कानुनअनुसार हुने भएकोले उपलब्ध सबै माध्यमको प्रयोग गरी निज झाको निष्पक्ष सुनुवाइलगायतका लागि निरन्तर कूटनीतिक पहलहरू जारी राखिएको छ,” परराष्ट्रले भनेको छ ।

यो समाचारमा

काठमाडौँपरराष्ट्र मन्त्रालय

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

    कुल मतदान: 0

    सम्बन्धित समाचार

    sajilo patrika

    भारतमा प्रश्नपत्र चुहावटविरुद्ध 'कक्रोच' आन्दोलन चर्कियो, संसद् भवन घेर्ने प्रयास

    काठमाडौं । भारतमा प्रश्नपत्र चुहावट र शिक्षा प्रणालीमा सुधारको माग गर्दै युवा नेतृत्वको ‘कक्रोच’ आन्दोलनले उग्र रूप लिएको छ। सोमबार हजारौँ प्रदर्शनकारीहरू राजधानी नयाँदिल्लीको जन्तरमन्तरमा भेला भई संसद् भवनतर्फ मार्च गर्ने प्रयास गरेका छन्। संसद्को मनसुन अधिवेशन जारी रहेकाले प्रहरीले सुरक्षाको कारण देखाउँदै मार्चको अनुमति नदिएपछि दिल्लीको सुरक्षा व्यवस्था अत्यन्त

    Data is loading...

    Loading brands...

    Loading footer...