१० महिनामै हेटौँडा आन्तरिक राजस्वको छलाङ: करिब ६ अर्ब राजस्व सङ्कलन

Author

सजिलो पत्रिका

२०८३ जेठ ०४, सोमबार

13
Share
Featured

            • आन्तरिक राजस्व कार्यालय हेटौँडाले चालु आर्थिक वर्ष २०८२/८३ को १० महिनामा ५ अर्ब ९२ करोड ६४ लाख रुपैयाँ राजस्व सङ्कलन गरेको छ।
            • बक्यौता असुली र बजार अनुगमनलाई तीव्रता दिएका कारण गत आर्थिक वर्षको तुलनामा यस वर्ष ३४ करोड २१ लाख रुपैयाँ बढी राजस्व उठेको छ।
            • वैशाखसम्म संकलित कुल राजस्वमध्ये सबैभन्दा बढी अन्तशुल्कतर्फ ३ अर्ब ४५ करोड र आयकरतर्फ १ अर्ब २ करोड रुपैयाँ सङ्कलन भएको छ।
            • मूल्यअभिवृद्धि करतर्फ ८२ करोड ७१ लाख र स्वास्थ्य जोखिम करतर्फ ५१ करोड ९२ लाख रुपैयाँ राजस्व दाखिला भएको छ।
            • करदाताको घरदैलोमा पुग्ने, एसएमएस ताकेदा गर्ने र प्रचारप्रसार गर्ने अभियानमार्फत १० करोड रुपैयाँभन्दा बढी पुरानो बक्यौता असुली भएको छ।
            समाचार सारांशGenerated using AI.

            काठमाडौँ,  ४ जेठ I

            आन्तरिक राजस्व कार्यालय हेटौंडा मकवानपुरले चालु आर्थिक वर्ष २०८२/८३ को १० महिनामा करिब रु छ अर्ब राजस्व सङ्कलन गरेको छ । कार्यालय प्रमुख युक्तप्रसाद सुवेदीका अनुसार बक्यौता असुली र बजार अनुगमनलाई तीव्रता दिएकाले आर्थिक वर्ष २०८१/८२ को तुलनामा रु ३४ करोड २१ लाख २४ हजार बढीअर्थात् रु पाँच अर्ब ९२ करोड ६४ लाख राजस्व सङ्कलन भएको छ ।

            चालु आवको वैशाखसम्ममा अन्तशुल्कतर्फ रु तीन अर्ब ४५ करोड ६२ लाख ६५ हजार, आयकरतर्फ रु एक अर्ब दुई करोड चार लाख ९६ हजार, मूल्यअभिवृद्धि करतर्फ रु ८२ करोड ७१ लाख ५२ हजार, स्वास्थ्य जोखिम करतर्फ रु ५१ करोड ९२ लाख ५९ हजार, ब्याजकरतर्फ रु छ करोड ८३ लाख ७७ हजार र बहालकरतर्फ रु एक करोड ५९ लाख ८८ हजार राजस्व सङ्कलन भएको छ । प्रमुख सुवेदीका अनुसार चालु आवमा रु आठ अर्ब ४४ करोड राजस्व सङ्कलन गर्ने वार्षिक लक्ष्य छ । करदाताहरुको घरमा पुग्ने, टेलिफोन र एसएमएसमार्फत ताकेदा गर्ने, कर छुटसम्बन्धी सुविधाबारे प्रचारप्रसार गर्नेलगायतका अभियान सञ्चालन गरी करिब रु १० करोडभन्दा बढी पुरानो बक्यौता असुली भएको प्रमुख सुवेदीले बताए ।

            यो समाचारमा

            हेटौंडामकवानपुर

            यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

              कुल मतदान: 0

              सम्बन्धित समाचार

              sajilo patrika

              नयाँ आर्थिक वर्षसँगै नयाँ आयकरको व्यवस्था लागु : १० लाखसम्म कमाउनेलाई १५ मात्र कर

              काठमाडौं। नयाँ आर्थिक वर्षको सुरुवातसँगै सरकारले व्यक्तिगत आयकरको न्यूनतम सीमा (थ्रेसहोल्ड) बढाएर सर्वसाधारणलाई ठुलो राहत दिएको छ। आर्थिक ऐन २०८३ अनुसार आजैदेखि लागु हुने गरी व्यक्तिगत आयकरको सीमा बढाउनुका साथै अधिकतम करको दरमा समेत भारी कटौती गरिएको छ। अर्थ मन्त्रालयका अनुसार आम नागरिकको करको बोझ कम गर्ने उद्देश्यले यो नयाँ

              Data is loading...

              Loading brands...

              Loading footer...