सरकारविरुद्ध आन्दोलनमा उत्रन शंकर पोखरेलको आह्वान

Author

सजिलो पत्रिका

२०८३ जेठ ०३, आइतबार

23
Share
Featured

काठमाडौँ : नेपाल कम्युनिष्ट पार्टी (एमाले)का महासचिव शंकर पोखरेलले सरकारले न्यायपालिका, व्यवस्थापिका र कार्यपालिकाबीचको सन्तुलन खलबल्याउने प्रयास गरिरहेको आरोप लगाउँदै युवाहरूलाई सरकारको अधिनायकवादविरुद्ध आन्दोलनमा उत्रिन आह्वान गरेका छन्। 

३३ औँ मदन–आश्रित स्मृति दिवसका अवसरमा आइतवार आयोजित विमर्श कार्यक्रममा बोल्दै महासचिव पोखरेलले आह्वान गरेका हुन्। उनले सत्तारुढ दल र सरकारबाटै प्रधानमन्त्री संसद्प्रति उत्तरदायी हुन नपर्ने विकास गर्न खोजिएको आरोप लगाए।

सरकारले सर्वोच्च अदालतको नेतृत्व गोजीबाट निकाल्न खोजेको टिप्पणी गरे। महासचिव पोखरेलले पपुलिज्मको आवरणमा हुर्कंदै गरेको अधिनायकवादको प्रतिवादका लागि युवाहरू एकजुट हुनुपर्ने बताए।

पोखरेलले भने, ‘प्रधानमन्त्री संसद्प्रति उत्तरदायी नहुने परिपाटी विकास गर्न खोजिएको छ। अदालतको नेतृत्व गोजीबाट निकाल्न खोजिएको छ। युवाहरू फेरि अधिनायकवादको विरुद्ध संगठित र आन्दोलित हुनुपर्ने आवश्यकता छ।’

उनले सरकारका मन्त्रीहरूको सम्पत्तिमाथि समेत प्रश्न गरे। उनले मन्त्रीहरूले सुनमा लगानी गरेकोप्रति आपत्ति जनाउँदै केमा लगानी गर्ने भन्ने थाहा नभएको मान्छेले मुलुकको विकास गर्न सक्छ ? भन्दै प्रश्न गरे।

यो समाचारमा

नेपाल कम्युनिष्ट पार्टी (एमाले)शंकर पोखरेलकाठमाडौँ

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

    कुल मतदान: 0

    सम्बन्धित समाचार

    sajilo patrika

    प्रदेशमा तीन दल मिलेर सरकार बनाउने प्रस्तावमा गगन थापाको असहमति

    काठमाडौं ।  नेपाली काँग्रेसका सभापति गगन थापाले प्रदेश सरकार गठनका सन्दर्भमा तीन ठूला दलहरू (कांग्रेस, एमाले र माओवादी) मिल्नुपर्ने प्रस्तावप्रति कडा विमति प्रकट गरेका छन्। आइतबार ललितपुरमा आयोजित एक कार्यक्रममा बोल्दै थापाले तीन दल मिलेर सरकार बनाउँदा प्रदेश संसद् प्रतिपक्षविहीन हुने र यसले लोकतान्त्रिक मूल्य तथा जनमतको अपमान हुने बताए।थापाले

    Data is loading...

    Loading brands...

    Loading footer...