एमाले राजनीतिमा रोचक मोड: पार्टी सदस्यता खोसिएकी विद्या भण्डारी एमालेको प्रमुख अतिथि

Author

सजिलो पत्रिका

२०८३ जेठ ०३, आइतबार

20
Share
Featured

काठमाडौँ  विद्या देवी भण्डारी  नेपाल कम्युनिष्ट पार्टी (एमाले) को ब्यानरमा आयोजित कार्यक्रममा प्रमुख अतिथिका रूपमा सहभागी भएकी छन् । एमालेले ३३औँ मदन–आश्रित स्मृति सभामा भण्डारीलाई प्रमुख वक्ताका रूपमा निमन्त्रणा दिएको हो ।

पार्टी सदस्यता नवीकरण रोकिए यता पूर्वराष्ट्रपति भण्डारीलाई एमालेले बक्ता बनाएको यो पहिलो कार्यक्रम हो । भण्डारीको सचिवालयका अनुसार उनलाई प्रमुख वक्ताका रूपमा निमन्त्रणा गरिएकाले कार्यक्रममा सहभागिता जनाएकी हुन् ।

भण्डारीले विगत दुई वर्षदेखि एमालेको सक्रिय राजनीतिमा फर्किने तयारीस्वरूप पार्टी सदस्यता नवीकरणको प्रयास गरिरहेकी भएपनि  एमाले अध्यक्ष खड्गप्रसाद शर्मा ओलीले सदस्यता नवीकरण नगर्ने निर्णय सुनाएका थिए । ओलीको त्यो निर्णयलाई उपाध्यक्ष विष्णुप्रसाद पौडेल, महासचिव शंकर पोखरेल   लगायतले साथ दिएका थिए । तर आज तिनै पौडेल र पोखरेलहरूले भण्डारीलाई प्रमुख अतिथि बनाएर स्मृति दिवस मनाएका छन् । जबकि पार्टी सदस्यता नवीकरणमा रोक लगाएर एमालेको राजनीतिमा आउन नदिने एमालेको निर्णय फेरिएको छैन ।

पूर्वराष्ट्रपति भण्डारीले पनि प्रमुख अतिथि बनेर एमालेले गर्नुपर्ने कामहरुको फेहरिस्त प्रस्तुत गरेकी छन् । एमालेका तत्कालीन महासचिव भण्डारी र संगठन विभाग जिवराज आश्रितको सम्झनामा गर्दै भण्डारीले एमाले पंक्तिलाई निर्देशन नै दिए ।

 नेकपा एमालेले लोकतान्त्रिक आन्दोलन, संविधान निर्माण र विकासको यात्रामा महत्त्वपूर्ण भूमिका निर्वाह गरेको छ। अब पार्टीले जनविश्वासलाई थप सुदृढ बनाउन जनमुखी कार्यशैली, आत्मअनुशासन र सेवाभावलाई व्यवहारमा उतार्नुपर्छ,’ पूर्वराष्ट्रपति भण्डारीले भनिन्, ‘कार्यकर्ताहरू जनताको बीचमा पुगेर उनीहरूको दुःख-सुखमा सहभागी हुनुपर्दछ र समाजमा सकारात्मक राजनीतिक संस्कार निर्माणमा सक्रिय बन्नुपर्छ।’

युवाहरूलाई लक्षित गर्दै पूर्वराष्ट्रपति भण्डारीले मदन–आश्रित स्मृति दिवसलाई औपचारिक कार्यक्रममा मात्र सीमित नराखी वैचारिक पुनर्जागरण र नयाँ संकल्पको अवसरका रूपमा लिनसमेत आग्रह गरिन्।

यो समाचारमा

शंकर पोखरेलखड्गप्रसाद शर्मा ओलीविष्णुप्रसाद पौडेलनेपाल कम्युनिष्ट पार्टी (एमाले)
काठमाडौँ5 more

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

    कुल मतदान: 0

    सम्बन्धित समाचार

    sajilo patrika

    भारतमा प्रश्नपत्र चुहावटविरुद्ध 'कक्रोच' आन्दोलन चर्कियो, संसद् भवन घेर्ने प्रयास

    काठमाडौं । भारतमा प्रश्नपत्र चुहावट र शिक्षा प्रणालीमा सुधारको माग गर्दै युवा नेतृत्वको ‘कक्रोच’ आन्दोलनले उग्र रूप लिएको छ। सोमबार हजारौँ प्रदर्शनकारीहरू राजधानी नयाँदिल्लीको जन्तरमन्तरमा भेला भई संसद् भवनतर्फ मार्च गर्ने प्रयास गरेका छन्। संसद्को मनसुन अधिवेशन जारी रहेकाले प्रहरीले सुरक्षाको कारण देखाउँदै मार्चको अनुमति नदिएपछि दिल्लीको सुरक्षा व्यवस्था अत्यन्त

    Data is loading...

    Loading brands...

    Loading footer...