रास्वपाले गर्यो नयाँ जिल्ला समिति गठन

Author

सजिलो पत्रिका

२०८३ जेठ ०३, आइतबार

19
Share
Featured
  • राष्ट्रिय स्वतन्त्र पार्टीले रसुवामा वसन्त भट्टको नेतृत्वमा नयाँ जिल्ला समिति गठन गरेको छ।
  • उपसभापतिमा दावा लामा, सचिवमा रविन्द्र लोप्चन र सहसचिवमा रविन्द्र तामाङ चयन भएका छन्।
  • कार्यक्रममा महामन्त्री भूपदेव शाहले रास्वपाको सरकारको सुरुवात उत्कृष्ट भएको दाबी गर्दै आगामी प्रदेश र स्थानीय तहमा पनि पार्टीलाई बलियो बनाउनुपर्ने बताएका छन्।
समाचार सारांशGenerated using AI.

काठमाडौँ

राष्ट्रिय स्वतन्त्र पार्टीले रसुवामा नयाँ जिल्ला समिति गठन गरेको छ । यसअघि समितिलाई भंग गरेको रास्वपाले शनिबार वसन्त भट्टको नेतृत्वमा नयाँ समिति बनाएको हो ।

उपसभापतिमा दावा लामा, सचिवमा रविन्द्र लोप्चन,सह सचिवमा रविन्द्र तामाङ चयन भएका छन् । सदस्यहरुमा निर्मन घले, सानुमाया तामाङ, सुशील खतिवडा, युवराज घले र कृष्णबहादुर घले  छन् ।

नयाँ नेतृत्व चयनका लागि पार्टीले स्वस्तिका लामिछानेको नेतृत्वमा निर्वाचन समिति गठन गरेको थियो । तीन सदस्यीय निर्वाचन समितिका थप दुई सदस्यमा इन्दिरा गौतम र जानुका सुवेदी थिए ।

रसुवा जिल्ला भेला तथा तदर्थ समिति गठन गर्नका लागि केन्द्रीय तहका नेताहरु पुगेका थिए । महामन्त्री भूपदेव शाह सहित संगठन विभागका सचिव शंकर श्रेष्ठ, सांसद यज्ञमणि न्यौपाने, बागमतीका सभापति डा.अच्यृत्तम लामिछाने, बागमती महामन्त्री सुरेन्द्र भट्ट लगायतका नेताहरु रसुवा पुगेका थिए ।

भेलामा बोल्ने क्रममा महामन्त्री शाहले प्रधानमन्त्री बालेन्द्र शाह (बालेन)को नेतृत्वको सरकारले उत्कृष्ट सुरुवात गरेको दाबी गरे । ‘अहिले हामीले काम गरिराख्या छौं । म यो भन्दिन कि, हामी सफल भइसक्यौ । हामीले जनताका अपेक्षा पुरा गरिसक्यौ म भन्दिन तर त्यसको सुरुवात उत्कृष्ट भएको छ,’ शाहले भने ।

देश विकासका लागि तीनै तहको सरकारमा रास्वपा हुनुपर्ने उनले बताए । ‘त्यही भएर आसन्न प्रदेश सभामा पनि राष्ट्रिय स्वतन्त्र पार्टीले सातवटै प्रदेशमा सरकार बनाउनु पर्ने आवश्यकता छ’, शाहले भने,‘स्थानीय तहमा पनि अधिकांश स्थानीय तहहरु जित्नुपर्ने हाम्रो आवश्यकता र यो देशको बाध्यता छ । त्यही भएर हामीले संघीय निर्वाचन मात्र जितेको हो देशले जित्न अझै बाँकी छ ।’

यो समाचारमा

बालेन्द्र शाह (बालेन)रसुवाराष्ट्रिय स्वतन्त्र पार्टीकाठमाडौँ
यज्ञमणि न्यौपाने4 more

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

    कुल मतदान: 0

    सम्बन्धित समाचार

    sajilo patrika

    भारतमा प्रश्नपत्र चुहावटविरुद्ध 'कक्रोच' आन्दोलन चर्कियो, संसद् भवन घेर्ने प्रयास

    काठमाडौं । भारतमा प्रश्नपत्र चुहावट र शिक्षा प्रणालीमा सुधारको माग गर्दै युवा नेतृत्वको ‘कक्रोच’ आन्दोलनले उग्र रूप लिएको छ। सोमबार हजारौँ प्रदर्शनकारीहरू राजधानी नयाँदिल्लीको जन्तरमन्तरमा भेला भई संसद् भवनतर्फ मार्च गर्ने प्रयास गरेका छन्। संसद्को मनसुन अधिवेशन जारी रहेकाले प्रहरीले सुरक्षाको कारण देखाउँदै मार्चको अनुमति नदिएपछि दिल्लीको सुरक्षा व्यवस्था अत्यन्त

    Data is loading...

    Loading brands...

    Loading footer...