पुटिनको चीन भ्रमणको तयारी अन्तिम चरणमा

Author

सजिलो पत्रिका

२०८३ जेठ ०१, शुक्रबार

23
Share
Featured

काठमाडौँ

रूसी राष्ट्रपति भ्लादिमिर पुटिनको आगामी चीन भ्रमणको तयारी लगभग सम्पन्न भएको र आधिकारिक मिति चाँडै घोषणा हुने अपेक्षा गरिएको रूसी समाचार एजेन्सी तासले क्रेमलिनलाई उदृत गर्दै जनाएको छ ।

पत्रकारहरु सँगको साक्षातकारमा बोल्दै क्रेमलिनका प्रवक्ता दिमित्री पेस्कोभले भ्रमणको तयारी अन्तिम चरणमा रहेको बताउनु भएको छ । भ्रमणकोे मिति चाँडै घोषणा गर्ने बताउदै उहाँले  भ्रमणको तयारी भइरहेको यसलाई अन्तिम रूप दिने काम भई रहेको पेस्कोभले उल्लेख गर्नु भएको छ । रूसी समाचार एजेन्सि तासका अनुसार पुटिनको आगामी चीन भ्रमण बारे गहन छलफल गरिएको छ ।

यद्दपी क्रेमलिनले पुटिनको भ्रमणको योजना र एजेन्डाको बारेमा थप विवरणहरू खुलासा गरेको छैन । 

यस अघि, मे –९ मा रूसी राष्ट्रपति भ्लादिमिर पुटिनले भारत, चीन र संयुक्त राज्य अमेरिकालाई युक्रेन द्वन्द्वमा परिस्थिति जन्य सुचना प्रस्तुत गर्नु भएको थियो । जसमा दोस्रो विश्वयुद्धको सम्झनामा किएभ सँग तीन दिने युद्धविरामको लागि मार्ग प्रशस्त गर्नु भएको थियो ।

यसैबीच, अमेरिकी राष्ट्रपति डोनाल्ड जोन ट्रम्पले बिहीबार चीन स्ट्रेट अफ होर्मुज खुला भएको हेर्न चाहको बताउनु भएको छ । 

फक्स न्यूजसँगको अन्तर्वार्तामा ट्रम्पले राष्ट्रपति सी सम्झौता भएको हेर्न र आवाश्यक कुनै पनि मद्दत गर्न चाहेको बताउनु भएको छ ।

ट्रम्पले राष्ट्रपति सी लाई सेप्टेम्बर –२४ मा ह्वाइट हाउस भ्रमण गर्न निमन्त्रणा पनि दिएको जनाइएको छ ।  

ट्रम्पले अमेरिकी र चिनियाँ जनता बिचको सवृद्धी र स्थायी सम्बन्धका लागि हालैको अवसर तथा सम्झौता निकै विशेष रहेको उजागर गर्नु भएको छ । 

बिहीबार अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पलाई सम्मान गर्दै  सीले राजकीय भोजको आयोजना गरेको र मेलमिलापको माध्यामबाट  समन्वयात्मक रुपमा सँगै अगाडि बढ्न सक्ने प्रस्ताव गरेको जनाइएको छ । 

बेइजिङमा रात्रि भोजको समयमा विश्वको दुई ठूला अर्थतन्त्रहरू बीचको सम्बन्धलाई आधुनिक युगको सबै भन्दा महत्त्वपूर्ण द्विपक्षीय सम्बन्धको रूपमा वर्णन गर्दै सी ले दुवै राष्ट्रहरूले यसलाई कहिल्यै गडबडी गर्न नहुने चेतावनी जारी गरेको जनाइएको छ । चीन र संयुक्त राज्य अमेरिकाका जनताहरुलाई सम्झदै सीले दुवै देशले एक  – अर्कालाई सफल हुन र सम्पूर्ण विश्वको कल्याणलाई अगाडि बढाउन मद्दत गर्न सक्ने बताउनु भएको छ ।

यो समाचारमा

युक्रेनचीनडोनाल्ड जोन ट्रम्पकाठमाडौँ
भारत6 more

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

    कुल मतदान: 0

    सम्बन्धित समाचार

    sajilo patrika

    भारतमा प्रश्नपत्र चुहावटविरुद्ध 'कक्रोच' आन्दोलन चर्कियो, संसद् भवन घेर्ने प्रयास

    काठमाडौं । भारतमा प्रश्नपत्र चुहावट र शिक्षा प्रणालीमा सुधारको माग गर्दै युवा नेतृत्वको ‘कक्रोच’ आन्दोलनले उग्र रूप लिएको छ। सोमबार हजारौँ प्रदर्शनकारीहरू राजधानी नयाँदिल्लीको जन्तरमन्तरमा भेला भई संसद् भवनतर्फ मार्च गर्ने प्रयास गरेका छन्। संसद्को मनसुन अधिवेशन जारी रहेकाले प्रहरीले सुरक्षाको कारण देखाउँदै मार्चको अनुमति नदिएपछि दिल्लीको सुरक्षा व्यवस्था अत्यन्त

    Data is loading...

    Loading brands...

    Loading footer...