राष्ट्रिय वाणिज्य बैंकबाट व्यक्तिगत कर्जा सहज, यस्तो छ प्रक्रिया र सीमा

Author

सजिलो पत्रिका

२०८३ जेठ ०१, शुक्रबार

21
Share
Featured
  • राष्ट्रिय वाणिज्य बैंकले व्यक्तिगत कर्जा विभिन्न आवश्यकताका लागि सजिलै उपलब्ध गराउँदै आएको जनाएको छ, जसको अधिकतम सीमा १ करोड रुपैयाँसम्म छ।
  • कर्जा धितो सुरक्षण र ग्राहकको तिर्न सक्ने क्षमताका आधारमा दिइन्छ, र धितोको ५० प्रतिशतसम्म मात्र कर्जा प्रवाह हुन्छ।
  • यस्तो कर्जा आवधिक वा चालु प्रकृतिको हुन सक्ने तथा सामान्यतया ७ कार्यदिनभित्र स्वीकृत हुने बैंकले जनाएको छ।
समाचार सारांशGenerated using AI.

काठमाडौँ

राष्ट्रिय वाणिज्य बैंकले व्यक्तिगत कर्जा सहज रूपमा उपलब्ध गराउँदै आएको जनाएको छ। बैंकका उपभोक्ता कर्जा विभाग प्रमुख भोलानाथ पौडेलका अनुसार विभिन्न वित्तीय आवश्यकता पूरा गर्न बैंकले विभिन्न शीर्षकमा कर्जा प्रवाह गर्दै आएको छ।

बैंकले हाल करिब १० प्रकारका कर्जा उपलब्ध गराइरहेको र व्यक्तिगत कर्जा पनि ग्राहकको आवश्यकता अनुसार सजिलै प्राप्त गर्न सकिने व्यवस्था रहेको पौडेलले बताए। उनका अनुसार कर्जाको प्रकृति, अवधि र ब्याजदर भने कर्जाको प्रकारअनुसार फरक–फरक हुन्छ।

ग्राहकको कर्जा तिर्न सक्ने क्षमता र पर्याप्त धितो सुरक्षण भएमा व्यक्तिगत कर्जा प्रदान गरिन्छ। यस्तो कर्जा किस्ताबन्दीमा वा त्रैमासिक ब्याज भुक्तानी गर्ने गरी आवधिक रूपमा उपलब्ध गराइने तथा वार्षिक रूपमा नवीकरण गर्न सकिने व्यवस्था रहेको बैंकले जनाएको छ।

यस्तो कर्जाको अधिकतम सीमा हाल एक करोड रुपैयाँसम्म रहेको छ। बैंकका अनुसार व्यक्तिगत कर्जामा प्रयोजन स्पष्ट नहुने भएकाले उच्च जोखिम हुने हुँदा यसमा तुलनात्मक रूपमा ब्याजदर पनि बढी राखिएको छ, जुन आधार दरमा अधिकतम ३ प्रतिशत प्रिमियम थप गरी निर्धारण गरिन्छ।

धितोका रूपमा बैंकले स्वीकार गर्ने सम्पत्तिको मूल्यांकन गरी त्यसको ५० प्रतिशतसम्म मात्र कर्जा प्रवाह गरिन्छ। धितो बैंकको नाममा रोक्का राखेपछि मात्र कर्जा स्वीकृत हुने व्यवस्था छ।

बैंकले ग्राहकको कर्जा भुक्तानी क्षमता, धितोको पर्याप्तता र विगतको कारोबारको विश्लेषणपछि कर्जा सीमा निर्धारण गर्ने गरेको जनाएको छ। सामान्यतया यस्तो कर्जा सात कार्यदिनभित्र स्वीकृत हुने बैंकले जानकारी दिएको छ।

यो समाचारमा

काठमाडौँराष्ट्रिय वाणिज्य बैंक

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

    कुल मतदान: 0

    सम्बन्धित समाचार

    sajilo patrika

    नयाँ आर्थिक वर्षसँगै नयाँ आयकरको व्यवस्था लागु : १० लाखसम्म कमाउनेलाई १५ मात्र कर

    काठमाडौं। नयाँ आर्थिक वर्षको सुरुवातसँगै सरकारले व्यक्तिगत आयकरको न्यूनतम सीमा (थ्रेसहोल्ड) बढाएर सर्वसाधारणलाई ठुलो राहत दिएको छ। आर्थिक ऐन २०८३ अनुसार आजैदेखि लागु हुने गरी व्यक्तिगत आयकरको सीमा बढाउनुका साथै अधिकतम करको दरमा समेत भारी कटौती गरिएको छ। अर्थ मन्त्रालयका अनुसार आम नागरिकको करको बोझ कम गर्ने उद्देश्यले यो नयाँ

    Data is loading...

    Loading brands...

    Loading footer...