छानबिन समितिमार्फत पूर्वगृहमन्त्रीलाई उन्मुक्ति दिने प्रयास भएको कांग्रेसको दाबी

Author

सजिलो पत्रिका

२०८३ जेठ ०१, शुक्रबार

19
Share
Featured

काठमाडौँ

प्रमुख विपक्षी दल नेपाली काँग्रेसले पूर्वगृहमन्त्री सुदन गुरुङलाई छानबिन समितिमार्फत उन्मुक्ति दिन खोजिएको आशंका व्यक्त गरेको छ। कांग्रेस संसदीय दलका नेता भीष्म राज आङदेम्बेले सरकारले गठन गरेको छानबिन समितिले निष्पक्ष रूपमा सत्यतथ्य पत्ता लगाउनुको सट्टा गुरुङलाई चोख्याउने प्रयास हुन सक्ने बताएका छन्।

आङ्देम्बेले समितिले राजनीतिक प्रभावमा नपरी स्वतन्त्र र निष्पक्ष छानबिन गर्नुपर्नेमा जोड दिएका छन्। उनले गुरुङमाथि लागेको आरोपको गहिरो अनुसन्धान हुनुपर्ने उल्लेख गर्दै समितिको निष्पक्षतामै यसको विश्वसनीयता निर्भर रहने बताए।

पूर्वगृहमन्त्री गुरुङ विवादित व्यापारी दीपक भट्टसँगको सेयर लगानी तथा आर्थिक सम्बन्धका कारण विवादमा तानिएका थिए। सार्वजनिक आलोचनापछि उनले गत ९ वैशाखमा गृहमन्त्री पदबाट राजीनामा दिएका थिए।

राजीनामापछि सरकारले उच्च अदालतका पूर्वन्यायाधीश अच्युतप्रसाद भण्डारीको नेतृत्वमा तीन सदस्यीय छानबिन समिति गठन गरेको छ। तर, कांग्रेसले उक्त समितिमार्फत वास्तविकता ढाकछोप हुन सक्ने आशंका गरेको छ।

यो समाचारमा

काठमाडौँभीष्म राज आङदेम्बेनेपाली काँग्रेससुदन गुरुङ

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

    कुल मतदान: 0

    सम्बन्धित समाचार

    sajilo patrika

    भारतमा प्रश्नपत्र चुहावटविरुद्ध 'कक्रोच' आन्दोलन चर्कियो, संसद् भवन घेर्ने प्रयास

    काठमाडौं । भारतमा प्रश्नपत्र चुहावट र शिक्षा प्रणालीमा सुधारको माग गर्दै युवा नेतृत्वको ‘कक्रोच’ आन्दोलनले उग्र रूप लिएको छ। सोमबार हजारौँ प्रदर्शनकारीहरू राजधानी नयाँदिल्लीको जन्तरमन्तरमा भेला भई संसद् भवनतर्फ मार्च गर्ने प्रयास गरेका छन्। संसद्को मनसुन अधिवेशन जारी रहेकाले प्रहरीले सुरक्षाको कारण देखाउँदै मार्चको अनुमति नदिएपछि दिल्लीको सुरक्षा व्यवस्था अत्यन्त

    Data is loading...

    Loading brands...

    Loading footer...