संविधान संशोधन छलफल जेनजी अगुवाद्वारा बहिष्कार

Author

सजिलो पत्रिका

२०८३ जेठ ०१, शुक्रबार

19
Share
Featured
  • जेनजी आन्दोलनका अगुवाहरूले सरकारद्वारा आह्वान गरिएको संविधान संशोधनसम्बन्धी छलफल बहिष्कार गरेका छन्।
  • विगतका सम्झौता कार्यान्वयन नभएको, सहिद तथा घाइते परिवारले न्याय नपाएको भन्दै उनीहरूले असन्तुष्टि जनाएका छन्।
  • संविधान संशोधनको स्पष्ट खाका र सरकारी प्रतिबद्धता नआएसम्म छलफलमा नबस्ने उनीहरूको अडान छ।
समाचार सारांशGenerated using AI.

काठमाडौँ

जेनजी आन्दोलनका अगुवाहरूले सरकारद्वारा आह्वान गरिएको संविधान संशोधनसम्बन्धी छलफल बहिष्कार गरेका छन्। विगतमा भएका सम्झौताहरू कार्यान्वयन नभएको र सरकारको कार्यशैलीप्रति असन्तुष्टि जनाउँदै उनीहरूले छलफलमा सहभागी नहुने निर्णय गरेका हुन्।

सरकारले गठन गरेको संविधान संशोधन बहसपत्र कार्यदलले छलफलका लागि पत्राचार गरे पनि जेनजी आन्दोलनका करिब २५ जना अगुवाहरूले संयुक्त विज्ञप्ति जारी गर्दै कार्यक्रममा सहभागी नहुने घोषणा गरेका हुन्। उनीहरूले सरकारसँग भएको १० बुँदे सम्झौता कार्यान्वयन नभएको, घाइते तथा सहिद परिवारले न्याय नपाएको र आयोगको प्रतिवेदन सार्वजनिक तथा कार्यान्वयन नभएको जस्ता कारण देखाएका छन्।

जेनजी अगुवा मोनिका निरौलाले संविधान संशोधनको स्पष्ट खाका र सरकारी प्रतिबद्धता नआएसम्म छलफलमा सहभागी हुनुको अर्थ नहुने बताइन्। उनले सरकार बनेपछि पनि जेनजीसँग औपचारिक संवाद नभएको भन्दै असन्तुष्टि व्यक्त गरिन्। अगुवाहरूले स्पष्ट प्रक्रिया र ठोस प्रतिबद्धता बिना छलफलमा सहभागी नहुने अडान लिएका छन्।

यो समाचारमा

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

    कुल मतदान: 0

    सम्बन्धित समाचार

    sajilo patrika

    विकासको केन्द्रमा मानव र प्रकृति हुनुपर्छ - राष्ट्रपति पौडेल

    काठमाडौँ । राष्ट्रपति रामचन्द्र पौडेलले विकास निर्माणको केन्द्रमा मानव र प्रकृतिलाई राख्नुपर्नेमा जोड दिएका छन्। नेपाल इन्जिनियर्स एसोसिएसनको ६४औँ वार्षिकोत्सवलाई सम्बोधन गर्दै उनले विकासको अवधारणा जनताको कल्याण र मुलुकको समृद्धिसँग जोडिनुपर्ने बताए।जलवायु परिवर्तनको बढ्दो चुनौतीलाई मध्यनजर गर्दै अबका पूर्वाधारहरू दिगो, पर्यावरणमैत्री र 'हरित विकास' को सिद्धान्तमा आधारित हुनुपर्ने राष्ट्रपतिको भनाइ

    Data is loading...

    Loading brands...

    Loading footer...