
काठमाडौँजेनजी अभियन्ता मोनिका निरौलाले प्रधानमन्त्री बालेन्द्र शाह (बालेन) संसद्बाट बीचमै उठेर हिँड्नुलाई जनता र मिडियाको ध्यान मुख्य मुद्दाबाट मोड्ने “क्याल्कुलेटेड मुभ” भएको टिप्पणी गरेकी छन् । उनले यो कदम सुनियोजित रणनीति भएको दाबी गर्दै सामाजिक सञ्जालमार्फत आफ्नो धारणा सार्वजनिक गरेकी हुन् ।निरौलाका अनुसार, सो समयमा प्रतिपक्ष दलहरूले भूमिहीन दलित, सुकुम्बासी...