
काठमाडौँजेनजी आन्दोलनका अगुवाहरूले सरकारद्वारा आह्वान गरिएको संविधान संशोधनसम्बन्धी छलफल बहिष्कार गरेका छन्। विगतमा भएका सम्झौताहरू कार्यान्वयन नभएको र सरकारको कार्यशैलीप्रति असन्तुष्टि जनाउँदै उनीहरूले छलफलमा सहभागी नहुने निर्णय गरेका हुन्।सरकारले गठन गरेको संविधान संशोधन बहसपत्र कार्यदलले छलफलका लागि पत्राचार गरे पनि जेनजी आन्दोलनका करिब २५ जना अगुवाहरूले संयुक्त विज्ञप्ति जारी गर्दै...