ठाकुरको आरोप : सुकुमबासी बस्तीमा डोजर चलाउने कार्य सुशासन होइन

Author

सजिलो पत्रिका

२०८३ वैशाख ३१, बिहिबार १५:४७

19
Share
Featured

काठमाडौँ

राष्ट्रिय सभा सदस्य महन्थ ठाकुरले सरकारले सुकुमबासी बस्तीमा डोजर चलाउने कार्यलाई लिएर सुशासनको परिभाषामाथि प्रश्न उठाएका छन्। राष्ट्रिय सभा बैठकमा बोल्दै उनले पछिल्लो सरकारी कार्यशैलीप्रति कडा आपत्ति जनाएका हुन्।

ठाकुरले सुकुमबासी बस्ती हटाउने नाममा गरिएको डोजर अभियानलाई सरकारले सुशासनका रूपमा प्रस्तुत गर्नु गलत भएको दाबी गरे। उनले जनआन्दोलनको मर्मविपरीत यस्तो कदम उठाइएको भन्दै सरकारको आलोचना गरे।

भ्रष्टाचारसम्बन्धी प्रसङ्गमा बोल्दै उनले सरकारी कोषको दुरुपयोग भ्रष्टाचार भए पनि सेवाग्राहीले खुसीले दिने उपहारलाई सोही दृष्टिले हेर्न नहुने तर्क गरे। साथै सम्पत्ति शुद्धीकरणका नाममा व्यवसायीहरूलाई त्रसित बनाउने कार्य भइरहेको भन्दै उनले चिन्ता व्यक्त गरे।

ठाकुरले निजी क्षेत्र, विशेषगरी मारवाडी समुदायमाथि राज्यले गरेको व्यवहारप्रति असन्तुष्टि जनाउँदै व्यवसायीहरूलाई डराएर लगानीको वातावरण नबन्ने बताए। उनले वर्तमान अवस्थाले अर्थतन्त्र र लोकतन्त्र दुवैलाई कमजोर बनाउने दाबी गरे।

यो समाचारमा

काठमाडौँमहन्थ ठाकुर

ट्यागहरू

#महन्थ ठाकुर#राष्ट्रिय सभा सदस्य#सुकुमबासी बस्ती

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

    कुल मतदान: 0

    सम्बन्धित समाचार

    sajilo patrika

    भारतमा प्रश्नपत्र चुहावटविरुद्ध 'कक्रोच' आन्दोलन चर्कियो, संसद् भवन घेर्ने प्रयास

    काठमाडौं । भारतमा प्रश्नपत्र चुहावट र शिक्षा प्रणालीमा सुधारको माग गर्दै युवा नेतृत्वको ‘कक्रोच’ आन्दोलनले उग्र रूप लिएको छ। सोमबार हजारौँ प्रदर्शनकारीहरू राजधानी नयाँदिल्लीको जन्तरमन्तरमा भेला भई संसद् भवनतर्फ मार्च गर्ने प्रयास गरेका छन्। संसद्को मनसुन अधिवेशन जारी रहेकाले प्रहरीले सुरक्षाको कारण देखाउँदै मार्चको अनुमति नदिएपछि दिल्लीको सुरक्षा व्यवस्था अत्यन्त

    sajilo patrika

    प्रदेशमा तीन दल मिलेर सरकार बनाउने प्रस्तावमा गगन थापाको असहमति

    मन्त्री बर्खास्तपछि एमालेद्वारा सुदूरपश्चिम सरकारलाई दिएको समर्थन फिर्ता

    प्रधानमन्त्री र मन्त्रीहरूले विभिन्न आयोगका प्रतिवेदन सभासमक्ष पेस गर्ने

    आज र राति देशका धेरै ठाउँमा वर्षा, यी ५ प्रदेशमा भारी वर्षाको अलर्ट

    भर्खरै

    News Image

    देशको आर्थिक विकासमा पुँजी बजारको भूमिका महत्त्वपूर्ण छ, तर गल्ती गर्नेलाई छाड्दैनौं - प्रधानमन्त्री शाह

    News Image

    सुर्खेतमा अपराधजन्य घटनाको ग्राफ बढ्दो

    News Image

    छात्राहरूमाथि दुर्व्यवहार गरेको आरोपमा मोरङका दुई शिक्षक र एक चालक पक्राउ

    News Image

    शासकीय सुधारलाई निरन्तरता दिइने सचिव बैठकको निर्णय

    ट्रेन्डिङ

    आगामी इभेन्ट्सहरू

    लोड भइरहेको छ...

    Data is loading...

    Loading brands...

    Loading footer...
    • नेपाली टाइपिङ
    sajilopatrikasajilopatrika
    Directory
    Shorts
    Incident
    • होमपेज
    • विदेशी मुद्रा
    • राशिफल
    • कार्यक्रम
    • वेबस्टोरिज
    • विकि
    • ग्याजेट
    • समाचार
    • चुनाव
    पात्रो शेयर मार्केट
    • नेपाली टाइपिङ
    Directory
    Shorts
    Incident
    • होमपेज
    • विदेशी मुद्रा
    • राशिफल
    • कार्यक्रम
    • वेबस्टोरिज
    • विकि
    • ग्याजेट
    • समाचार
    • चुनाव
    Directory
    Shorts
    Incident

    Loading menu...

    ट्रेन्डिङ विषयहरू