वैदेशिक सहायता परिचालन परराष्ट्र मन्त्रालयलाई दिन एमाले सांसद कार्कीको प्रस्ताव

Author

सजिलो पत्रिका

२०८३ वैशाख ३१, बिहिबार

19
Share
Featured
  • एमाले सांसद अर्जुनकुमार कार्कीले वैदेशिक सहायता परिचालनको जिम्मेवारी अर्थ मन्त्रालयबाट परराष्ट्र मन्त्रालयमा सार्न प्रस्ताव गरेका छन्।
  • उनले आर्थिक कूटनीतिलाई प्राथमिकता दिँदै कूटनीतिक नियोग र विशेषज्ञ जनशक्तिलाई प्रभावकारी रूपमा परिचालन गर्नुपर्ने बताए।
  • विदेशमा रहेका नेपालीको लगानी आकर्षित गर्न ‘एनआरएन इन्भेस्टमेन्ट फण्ड’ र लगानीमैत्री वातावरणको व्यवस्था गर्न सरकारलाई सुझाव दिएका छन्।
समाचार सारांशGenerated using AI.

काठमाडौँ

नेपाल कम्युनिष्ट पार्टी (एमाले) का सांसद डा. अर्जुन कुमार कार्कीले वैदेशिक सहायता परिचालनको मुख्य जिम्मेवारी परराष्ट्र मन्त्रालयलाई दिनुपर्ने प्रस्ताव गरेका छन्। राष्ट्रपति रामचन्द्र पौडेलले सङ्घीय संसद्को संयुक्त सदनमा प्रस्तुत गरेको आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रममाथि संशोधन पेस गर्दै उनले यस्तो माग गरेका हुन्।

सांसद कार्कीले मुलुकको परराष्ट्र नीतिमा आर्थिक कूटनीतिलाई उच्च प्राथमिकता दिनुपर्नेमा जोड दिँदै हाल अर्थ मन्त्रालय अन्तर्गत रहेको वैदेशिक सहायता परिचालनको कार्य परराष्ट्र मन्त्रालय र कूटनीतिक नियोगमार्फत सञ्चालन हुनुपर्ने बताए।

उनका अनुसार नेपालले अति कम विकसित राष्ट्रहरूको समूहको अध्यक्षता गरिरहेको अवस्थामा वैदेशिक सहायता प्रभावकारी रूपमा परिचालन गर्न सके मात्रै गरिबी न्यूनीकरण र विकासशील राष्ट्रमा स्तरोन्नति गर्ने लक्ष्य हासिल गर्न सकिनेछ। उनले विदेशस्थित कूटनीतिक नियोगहरूमा रहेका विशेषज्ञ जनशक्तिलाई आर्थिक कूटनीतिमा सक्रिय रूपमा परिचालन गर्नुपर्ने आवश्यकता औँल्याए।

सांसद कार्कीले नीति तथा कार्यक्रमको बुँदा नम्बर ९० मा संशोधन प्रस्ताव गर्दै ‘एनआरएन इन्भेस्टमेन्ट फण्ड’ मार्फत विदेशमा रहेका नेपालीहरूको लगानी आकर्षित गर्नुपर्ने सुझाव पनि दिएका छन्। साथै उनले लगानीमैत्री वातावरण निर्माण गर्न र दोहोरो कर प्रणाली अन्त्य गर्न सरकारलाई आग्रह गरेका छन्।

यो समाचारमा

काठमाडौँपरराष्ट्र मन्त्रालयडा. अर्जुन कुमार कार्कीनेपाल कम्युनिष्ट पार्टी (एमाले)
अर्थ मन्त्रालय5 more

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

    कुल मतदान: 0

    सम्बन्धित समाचार

    sajilo patrika

    भारतमा प्रश्नपत्र चुहावटविरुद्ध 'कक्रोच' आन्दोलन चर्कियो, संसद् भवन घेर्ने प्रयास

    काठमाडौं । भारतमा प्रश्नपत्र चुहावट र शिक्षा प्रणालीमा सुधारको माग गर्दै युवा नेतृत्वको ‘कक्रोच’ आन्दोलनले उग्र रूप लिएको छ। सोमबार हजारौँ प्रदर्शनकारीहरू राजधानी नयाँदिल्लीको जन्तरमन्तरमा भेला भई संसद् भवनतर्फ मार्च गर्ने प्रयास गरेका छन्। संसद्को मनसुन अधिवेशन जारी रहेकाले प्रहरीले सुरक्षाको कारण देखाउँदै मार्चको अनुमति नदिएपछि दिल्लीको सुरक्षा व्यवस्था अत्यन्त

    Data is loading...

    Loading brands...

    Loading footer...