निर्वाचन आयोगको निर्णयपछि जसपा–लोसपा एकता औपचारिक रूपमा मान्य

Author

सजिलो पत्रिका

२०८३ वैशाख ३०, बुधबार

24
Share
Featured
  • जसपा नेपाल र लोसपा नेपालबीचको एकतालाई निर्वाचन आयोगले औपचारिक मान्यता दिएको छ।
  • एकता प्रक्रियामा सहभागी हृदयेश त्रिपाठी र वृषेशचन्द्र लाल नेतृत्वका दलहरू हालको मान्यतामा समावेश गरिएको छैन।
  • आयोगले एकताको जानकारी संसद् तथा प्रदेश सभा सचिवालयलाई पठाएको छ र जसपा नेपालको कार्यसमिति ५४ सदस्यीय बनेको छ।
समाचार सारांशGenerated using AI.

काठमाडौँ

जनता समाजवादी पार्टी, नेपाल (जसपा) र लोकतान्त्रिक समाजवादी पार्टी, नेपाल (लोसपा) बीचको एकतालाई निर्वाचन आयोगले औपचारिक मान्यता दिएको छ। यससँगै दुवै पार्टीको एकता प्रक्रिया वैधानिक रूपमा टुंगिएको छ।

गत पुस २७ गते दुई पार्टीबीच एकता घोषणा गरिएको थियो। त्यसपछि निर्वाचन आयोगमा आवश्यक कागजात बुझाइए पनि केही नेताहरू दुई पार्टीमा रहेका कारण आयोगले स्पष्टिकरण माग गरेको थियो। सबै कागजात पूरा भएपछि आयोगले आज एकताको आधिकारिक मान्यता दिएको जसपा नेताहरूले बताएका छन्।

तर यसअघि एकता प्रक्रियामा सहभागी भनिएका हृदयेश त्रिपाठी नेतृत्वको जनता प्रगतिशील पार्टी, नेपाल र वृषेशचन्द्र लाल नेतृत्वको तराई मधेस लोकतान्त्रिक पार्टी भने हालको मान्यतामा समावेश भएका छैनन्। तमलोपा अध्यक्ष लालले पहिले नै एकताबाट अलग भएको घोषणा गरिसकेका थिए भने त्रिपाठी नेतृत्वको पार्टी दर्ता कायम रहेकाले प्रक्रिया पूरा नभएको बताइएको छ।

नेताहरूका अनुसार एउटै व्यक्ति दुई पार्टीमा बस्न नमिल्ने भएकाले त्रिपाठी नेतृत्वको पार्टीलाई अहिलेको एकता संरचनामा समावेश नगरिएको हो। दर्ता रहेको पार्टी बन्द भएपछि मात्र उनीहरूलाई समावेश गरिने बताइएको छ।

निर्वाचन आयोगले एकताको जानकारी संघीय संसद् सचिवालय तथा प्रदेश सभा सचिवालयहरूमा पनि पठाइसकेको छ। एकता कार्यान्वयनसँगै जसपा नेपालको कार्यसमिति ५४ सदस्यीय बनेको छ, जसमा महन्थ ठाकुर संरक्षक र उपेन्द्र यादव अध्यक्ष रहेका छन्।

यो समाचारमा

हृदयेश त्रिपाठीलोकतान्त्रिक समाजवादी पार्टी, नेपालजनता प्रगतिशील पार्टी, नेपालनिर्वाचन आयोग
जनता समाजवादी पार्टी, नेपाल5 more

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

    कुल मतदान: 0

    सम्बन्धित समाचार

    sajilo patrika

    भारतमा प्रश्नपत्र चुहावटविरुद्ध 'कक्रोच' आन्दोलन चर्कियो, संसद् भवन घेर्ने प्रयास

    काठमाडौं । भारतमा प्रश्नपत्र चुहावट र शिक्षा प्रणालीमा सुधारको माग गर्दै युवा नेतृत्वको ‘कक्रोच’ आन्दोलनले उग्र रूप लिएको छ। सोमबार हजारौँ प्रदर्शनकारीहरू राजधानी नयाँदिल्लीको जन्तरमन्तरमा भेला भई संसद् भवनतर्फ मार्च गर्ने प्रयास गरेका छन्। संसद्को मनसुन अधिवेशन जारी रहेकाले प्रहरीले सुरक्षाको कारण देखाउँदै मार्चको अनुमति नदिएपछि दिल्लीको सुरक्षा व्यवस्था अत्यन्त

    Data is loading...

    Loading brands...

    Loading footer...