रास्वपाले रवि लामिछानेको संयोजकत्वमा महाधिवेशन मूल आयोजक समिति गठन

Author

सजिलो पत्रिका

२०८३ वैशाख ३०, बुधबार

31
Share
Featured
  • राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले सभापति रवि लामिछानेको संयोजकत्वमा महाधिवेशन मूल आयोजक समिति गठन गरेको छ।
  • रास्वपाले आगामी असार ७, ८ र ९ गते चितवनमा महाधिवेशन गर्ने निर्णय गरेको छ।
  • महाधिवेशन व्यवस्थापनका लागि प्रतिनिधि व्यवस्थापन, प्रचारप्रसार, सूचना प्रविधि, स्वास्थ्य, आवास तथा सांस्कृतिक कार्यक्रमलगायत विभिन्न उपसमिति गठन गरिएको छ।
समाचार सारांशGenerated using AI.

काठमाडौँ

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले सभापति रवि लामिछानेको संयोजकत्वमा महाधिवेशन मूल आयोजक समिति गठन गरेको छ। बुधबार बिहान पार्टीको केन्द्रीय कार्यालय वनस्थलीमा बसेको केन्द्रीय समिति बैठकले उक्त निर्णय गरेको हो।

पार्टी स्थापनाको चौथो वर्ष पूरा भएको अवसरमा रास्वपाले आगामी असार ७, ८ र ९ गते चितवनमा महाधिवेशन आयोजना गर्ने निर्णय यसअघि नै गरिसकेको छ। सोही महाधिवेशनलाई व्यवस्थित र प्रभावकारी बनाउन मूल आयोजक समिति गठन गरिएको पार्टीकी कोषाध्यक्ष लिमा अधिकारीले जानकारी दिइन्।

उनका अनुसार हालका लागि मूल आयोजक समितिमा केन्द्रीय समिति सदस्यहरू रहनेछन्। साथै, महाधिवेशनको तयारीलाई व्यवस्थित बनाउन विभिन्न उपसमितिसमेत गठन गरिएको छ। उपसमितिका संयोजक भने अझै तोकिएको छैन।

रास्वपाले प्रतिनिधि व्यवस्थापन समिति, प्रतिवेदन तथा प्रस्ताव मस्यौदा समिति, प्रचारप्रसार व्यवस्थापन समिति, सूचना तथा प्रविधि व्यवस्थापन समिति, आवास तथा भोजन समिति, स्वास्थ्य तथा प्राथमिक उपचार व्यवस्थापन समिति, सांस्कृतिक कार्यक्रम समिति तथा अतिथि सत्कार समिति गठन गरेको जनाएको छ।

यो समाचारमा

काठमाडौँराष्ट्रिय स्वतन्त्र पार्टीरवि लामिछाने

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

    कुल मतदान: 0

    सम्बन्धित समाचार

    sajilo patrika

    भारतमा प्रश्नपत्र चुहावटविरुद्ध 'कक्रोच' आन्दोलन चर्कियो, संसद् भवन घेर्ने प्रयास

    काठमाडौं । भारतमा प्रश्नपत्र चुहावट र शिक्षा प्रणालीमा सुधारको माग गर्दै युवा नेतृत्वको ‘कक्रोच’ आन्दोलनले उग्र रूप लिएको छ। सोमबार हजारौँ प्रदर्शनकारीहरू राजधानी नयाँदिल्लीको जन्तरमन्तरमा भेला भई संसद् भवनतर्फ मार्च गर्ने प्रयास गरेका छन्। संसद्को मनसुन अधिवेशन जारी रहेकाले प्रहरीले सुरक्षाको कारण देखाउँदै मार्चको अनुमति नदिएपछि दिल्लीको सुरक्षा व्यवस्था अत्यन्त

    Data is loading...

    Loading brands...

    Loading footer...