पशुपति क्षेत्र विकास कोषले एक महिनाभित्र गौशाला धर्मशाला आफैँले सञ्चालन गर्ने

Author

सजिलो पत्रिका

२०८३ वैशाख २९, मङ्गलबार

29
Share
Featured

काठमाडौँपशुपतिनाथ क्षेत्र विकास कोषले एक महिनाभित्र पशुपति गौशाला धर्मशालालाई आफैँले सञ्चालन गर्ने गरी तयारी सुरु गरेको छ ।

उच्च अदालत पाटनले काठमाडौँ जिल्ला अदालतको फैसला सदर गर्ने आदेशपछि कोषले नै धर्मशाला सञ्चालन गर्ने तयारी गरेको कोषका निमित्त सदस्यसचिव सुभाषचन्द्र जोशीले जानकारी दिए ।

उच्च अदालतले यही वैशाख २१ गते जिल्ला अदालत काठमाडौँको फैसला सदर गर्दै धर्मशाला कोषअन्तर्गत रहने फैसला गरेको थियो । फैसलासँगै मारवाडी सेवा समितिले व्यापार– व्यवसाय सञ्चालन गरिरहेको धर्मशाला खाली गराउने प्रक्रिया सुरु भएको जोशीले बताए ।

यसअघि, जिल्ला अदालत काठमाडौँ साढे दुई दशकदेखि समितिले प्रयोग गरिरहेको साबिक पशुपति वडा नं २ को कित्ता नम्बर ८३ को चार रोपनी १५ आना दुई दाम र कित्ता नम्बर ८५ को चार रोपनी १० आना जग्गामा समितिको मोही हक नलाग्ने ठहर गरेको थियो । यसैलाई उच्च अदालत पाटनले सदर गरेको हो ।

उच्च अदालतका न्यायाधीशद्वय खड्गबहादुर केसी र रमेशप्रसाद ज्ञवालीको इजलासले उक्त फैसला सदर गर्दै ‘पशुपति क्षेत्र विकासको स्वामित्वको पशुपति गौशाला धर्मशालाको सम्पूर्ण जग्गा जमिनमा समितिको मोहियानी हक नलाग्ने’ फैसला गरेको हो ।

धर्मशाला सञ्चालक समितिका महासचिव राजेश अग्रवालले भने कोषबाट हालसम्म आधिकारिक पत्र प्राप्त नभएको बताउँछन् । अदालतको पूर्ण पाठ आएपछि फैसलाअनुसार नै अघि बढ्ने उनले जानकारी दिए ।

यो समाचारमा

पशुपतिनाथ क्षेत्र विकास कोषकाठमाडौँ

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

    कुल मतदान: 0

    सम्बन्धित समाचार

    sajilo patrika

    बागमती सरकारबाट बाहिरिँदै एमाले, ६ मन्त्रीले सोमबार सामूहिक राजीनामा दिने

    काठमाडौं । बागमती प्रदेश सरकारलाई दिएको समर्थन फिर्ता लिँदै नेकपा एमाले सरकारबाट बाहिरिने भएको छ। यस विषयमा औपचारिक निर्णय गर्न र आगामी रणनीति तय गर्न आइतबार काठमाडौँमा एमाले बागमती प्रदेश संसदीय दलको बैठक बसिरहेको छ।एमालेले शनिबार नै मुख्यमन्त्री इन्द्र बहादुर बानियाँलाई सरकारलाई दिएको समर्थन फिर्ता लिने निर्णयबारे जानकारी गराइसकेको छ।

    Data is loading...

    Loading brands...

    Loading footer...