विश्वविद्यालयमा प्रधानमन्त्री कुलपति रहने व्यवस्थाप्रति पुनको आपत्ति

Author

सजिलो पत्रिका

२०८३ वैशाख २९, मङ्गलबार

15
Share
Featured

काठमाडौँ : सांसद[wikiid="11671"]ले वर्तमान सरकारले विज्ञान, प्रविधि र नवप्रवर्तन मन्त्रालय खोल्न नमानेको भन्दै सरकरको कडा आलोचना गरेका छन्। 

प्रतिनिधि सभाको मंगलबारको बैठकमा उनले सरकारले विज्ञान र नवप्रवर्तनको क्षेत्रलाई उपेक्षा गरेको भन्दै आपत्ति जनाए। उहाँले विश्वविद्यालयहरूलाई राजनीतिक प्रभावबाट मुक्त गर्नेगरी सरकारले अध्यादेश ल्याउनु सकारात्मक भएपनि विश्वविद्यालयको कुलपति प्रधानमन्त्री नै रहने व्यवस्था गरिएको भन्दै असन्तुष्टि जनाए। उनले विज्ञान, प्रविधि र नवप्रवर्तनको क्षेत्रमा काम गर्न नवप्रवर्तन कोष स्थापना गर्नुपर्नेमा जोड दिए। 

‘सरकारले विश्वविद्यालयलाई राजनीतिबाट मुक्त गर्नेगरी जुन अध्यादेश ल्याइएको छ मैले पनि ल्याउन खोजेको त्यही थिएँ। त्यसले राम्रो कल्पना गरेको छ। तर मैले विश्वविद्यालयको कुलपति प्रधानमन्त्री हुनुहुँदैन भनेको थिएँ। त्यही अनुसार अध्यादेश ल्याउन खोजेको थिएँ’, उनले भने, ‘दोस्रो कुरा, मैले ल्याउन खोजेको नवप्रर्तनको काम हो। अहिले पनि अगिाडि बढेको छैन। त्यसैले यो कुरामा दुःख लागेको छ। नवप्रवर्तन कोषको जुन अध्यादेश छ यो ल्याउनको लागि अनुरोध गरिरहेको छु तर सुनुवाइ भएको छैन।’

यो समाचारमा

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

    कुल मतदान: 0

    सम्बन्धित समाचार

    sajilo patrika

    भारतमा प्रश्नपत्र चुहावटविरुद्ध 'कक्रोच' आन्दोलन चर्कियो, संसद् भवन घेर्ने प्रयास

    काठमाडौं । भारतमा प्रश्नपत्र चुहावट र शिक्षा प्रणालीमा सुधारको माग गर्दै युवा नेतृत्वको ‘कक्रोच’ आन्दोलनले उग्र रूप लिएको छ। सोमबार हजारौँ प्रदर्शनकारीहरू राजधानी नयाँदिल्लीको जन्तरमन्तरमा भेला भई संसद् भवनतर्फ मार्च गर्ने प्रयास गरेका छन्। संसद्को मनसुन अधिवेशन जारी रहेकाले प्रहरीले सुरक्षाको कारण देखाउँदै मार्चको अनुमति नदिएपछि दिल्लीको सुरक्षा व्यवस्था अत्यन्त

    Data is loading...

    Loading brands...

    Loading footer...