सुकुम्बासी हटाउने शैलीप्रति ज्ञानेन्द्र शाहीको आपत्ति, सरकारमाथि कडा टिप्पणी

Author

सजिलो पत्रिका

२०८३ वैशाख २९, मङ्गलबार

20
Share
Featured

काठमाडौँ

राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) संसदीय दलका नेता ज्ञानेन्द्र शाहीले सुकुम्बासी हटाउने नाममा सरकारले अपनाएको शैलीप्रति कडा आपत्ति जनाएका छन्। उनले सरकारको व्यवहारलाई ‘आतङ्कवादी शैली’ सँग तुलना गर्दै मानवीय संवेदनशीलता नदेखाएको आरोप लगाए।

मंगलबार प्रतिनिधि सभा बैठकमा बोल्दै शाहीले अव्यवस्थित बस्ती व्यवस्थापन आवश्यक भए पनि त्यसका नाममा नागरिकमाथि दमन गर्न नहुने बताए। उनले सरकारी जग्गा अतिक्रमण गर्नेहरूलाई कानुनअनुसार हटाउनुपर्ने भए पनि सरकारको व्यवहार असंवेदनशील भएको टिप्पणी गरे।

‘सरकार सरकार हो कि आतङ्कवादी ?’ भन्दै प्रश्न उठाएका शाहीले सत्ता र शक्ति स्थायी नहुने भएकाले जिम्मेवार ढंगले काम गर्न सरकारलाई चेतावनी दिए।

उनले मानवीय संवेदनामाथि डोजर चलाएर विकास सम्भव नहुने उल्लेख गर्दै कानुन सबैका लागि समान हो भने मन्त्री तथा शक्तिशाली व्यक्तिका घरमाथि किन कारबाही नहुने भनी प्रश्न गरे।

शाहीले सुकुम्बासी हटाउने क्रममा दुई नागरिकको ज्यान गएको उल्लेख गर्दै नागरिकको जीवन सुरक्षा गर्नु सरकारको पहिलो दायित्व भएको बताए।

यो समाचारमा

काठमाडौँज्ञानेन्द्र शाहीराष्ट्रिय प्रजातन्त्र पार्टी

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

    कुल मतदान: 0

    सम्बन्धित समाचार

    sajilo patrika

    भारतमा प्रश्नपत्र चुहावटविरुद्ध 'कक्रोच' आन्दोलन चर्कियो, संसद् भवन घेर्ने प्रयास

    काठमाडौं । भारतमा प्रश्नपत्र चुहावट र शिक्षा प्रणालीमा सुधारको माग गर्दै युवा नेतृत्वको ‘कक्रोच’ आन्दोलनले उग्र रूप लिएको छ। सोमबार हजारौँ प्रदर्शनकारीहरू राजधानी नयाँदिल्लीको जन्तरमन्तरमा भेला भई संसद् भवनतर्फ मार्च गर्ने प्रयास गरेका छन्। संसद्को मनसुन अधिवेशन जारी रहेकाले प्रहरीले सुरक्षाको कारण देखाउँदै मार्चको अनुमति नदिएपछि दिल्लीको सुरक्षा व्यवस्था अत्यन्त

    Data is loading...

    Loading brands...

    Loading footer...