काठमाडौँ
साताको तेस्रो कारोबार दिन मंगलबार नेपाली सेयर बजारमा उल्लेख्य गिरावट आएको छ। नेपाल स्टक एक्सचेन्ज (नेप्से) परिसूचक ३९ दशमलव ४४ अङ्कले घटेर २ हजार ७ सय ४४ दशमलव ४० बिन्दुमा झरेको हो।
आज ३ सय ३८ कम्पनीको १ करोड कित्ता भन्दा बढी सेयर कारोबार हुँदा कुल ४ अर्ब रुपैयाँ बराबरको कारोबार भएको छ। कारोबारमा अधिकांश कम्पनीको सेयर मूल्य घटेको देखिएको छ। यस दिन १३ कम्पनीको सेयर मूल्य बढ्दा २५१ कम्पनीको मूल्य घटेको छ भने ५ कम्पनीको मूल्य स्थिर रहेको छ।
मंगलबार धौलागिरी लघुवित्तको सेयर मूल्य १५ प्रतिशतले बढ्दै सकारात्मक सर्किट लागेको छ। यता फर्स्ट माइक्रोफाइनान्सका लगानीकर्ताले सबैभन्दा धेरै घाटा व्यहोरेका छन्। अन्य कम्पनीहरूको सेयरमा भने सामान्य उतारचढाव देखिएको छ।
कारोबार रकमका आधारमा नेसनल हाइड्रो शीर्ष स्थानमा रह्यो। कम्पनीको १८ करोड रुपैयाँ बराबरको कारोबार भएको छ। त्यसपछि रिलायन्स स्पिनिङको १७ करोड, रिडी पावरको १६ करोड, शिवम् सिमेन्टको १५ करोड तथा एसवाई प्यानलको १४ करोड रुपैयाँ बराबरको कारोबार भएको छ।
समूहगत रूपमा म्युचुअल फन्ड बाहेक सबै उपसमूह ओरालो लागेका छन्। विशेषगरी ट्रेडिङ, हाइड्रोपावर, होटल तथा फाइनान्स समूहमा २ प्रतिशतभन्दा बढी गिरावट देखिएको छ।