सुनको मूल्य तीन लाख नाघ्यो, चाँदीको भाउ पनि उकालो लाग्यो

Author

सजिलो पत्रिका

२०८३ वैशाख २९, मङ्गलबार

23
Share
Featured

काठमाडौँ

नेपाली बजारमा मंगलबार सुनको मूल्यमा उल्लेख्य वृद्धि भएको छ। नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार यसदिन सुनको भाउ प्रतितोला ४ हजार ४ सय रुपैयाँले बढेको हो।

सोमबार प्रतितोला २ लाख ९८ हजार ५ सय रुपैयाँमा कारोबार भएको छापावाल सुन मंगलबार ३ लाख २ हजार ९ सय रुपैयाँ पुगेको महासङ्घले जनाएको छ।

यसैगरी चाँदीको मूल्य पनि बढेको छ। मंगलबार चाँदी प्रतितोला ३ सय ५५ रुपैयाँले वृद्धि भई ५ हजार ६ सय ९५ रुपैयाँ कायम भएको छ।

अन्तर्राष्ट्रिय बजारमा भएको मूल्यवृद्धिको प्रभाव नेपाली बजारमा पनि परेको व्यवसायीहरूले बताएका छन्।

यो समाचारमा

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

    कुल मतदान: 0

    सम्बन्धित समाचार

    sajilo patrika

    सुनचाँदीको मूल्य बढ्यो, कतिमा हुँदैछ कारोबार ?

    काठमाडौं । नेपाली बजारमा सोमबार सुनचाँदीको मूल्य बढेको छ । सुन तोलामा ६ सय रुपैयाँले बढेर आज प्रतितोला २ लाख ८४ हजार ६ सय रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी ब्यवसायी महासंघले जनाएको छ ।आइतबार भने सुनको मूल्य प्रतितोला २ लाख ८४ हजार रुपैयाँमा कायम भएको थियो ।यसैगरी, चाँदीको मूल्य पनि

    Data is loading...

    Loading brands...

    Loading footer...