रास्वपा उपनेता पराजुली भन्छन् : अरू दलले नगरेको काम गरेका छौँ,

Author

सजिलो पत्रिका

२०८३ वैशाख २८, सोमबार

13
Share
Featured

काठमाडौँ - राष्ट्रिय स्वतन्त्र पार्टी  (रास्वपा) का उपनेता पराजुलीले सरकारले प्रस्तुत गरेको आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रमप्रति सन्तुष्टि व्यक्त गरेका छन्। उनले उक्त नीति तथा कार्यक्रम राष्ट्रलाई अग्रगामी मार्गनिर्देशन गर्ने खालको रहेको बताएका हुन्।

सोमबार राष्ट्रपति रामचन्द्र पौडेलले संघीय संसद्को संयुक्त बैठकमा प्रस्तुत गरेको नीति तथा कार्यक्रममाथि प्रतिक्रिया दिँदै पराजुलीले सरकारको दस्तावेजले देशलाई सकारात्मक दिशा दिने विश्वास व्यक्त गरे।

उनले रास्वपाले यसअघि नै पाँच बुँदे करारनामा र सय बुँदे वाचा पत्र सार्वजनिक गरिसकेको उल्लेख गर्दै संसद्मा रहेका सबै राजनीतिक दलका प्रतिबद्धतालाई समेत समेटेर नीति तथा कार्यक्रम तयार गरिएको बताए। उनका अनुसार काठमाडौं महानगरपालिकाका प्रमुख वालेन्द्र शाह नेतृत्वको सरकारले तयार गरेको कार्यदेशलाई समेत आधार बनाइएको छ।

पराजुलीले नीति तथा कार्यक्रमलाई “सय बुँदे दस्तावेज” को संज्ञा दिँदै वाचा पत्र र कार्यदेश समेटेर आगामी वर्षको बजेट निर्माणको आधार तय गरिएको बताए।

उनले विगतका सरकारहरूको तुलनामा वर्तमान सरकारले उल्लेखनीय काम गरेको दाबी पनि गरे। “विगत ३७ वर्षमा अन्य दलहरूले गर्न नसकेको काम हामीले गरेका छौं,” उनले भने, “अरू दलका वाचा पत्रसमेत नीति तथा कार्यक्रममा समेटिएका छन्।”

पराजुलीले अन्य राजनीतिक दल तथा सर्वसाधारणबाट प्राप्त सुझावलाई समेत सकारात्मक रूपमा ग्रहण गरिने बताए। उनले सबै दल र सरोकारवालासँग सहकार्य गरेर अघि बढ्ने संकेतसमेत गरेका छन्।

रास्वपाले आफ्नो चुनावी प्रतिबद्धता तथा सत्ता साझेदार दलहरूको वाचा नीति तथा कार्यक्रममा समावेश भएकोमा सन्तुष्टि जनाएको छ।

यो समाचारमा

राष्ट्रिय स्वतन्त्र पार्टीरामचन्द्र पौडेलकाठमाडौँ

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

    कुल मतदान: 0

    सम्बन्धित समाचार

    sajilo patrika

    भारतमा प्रश्नपत्र चुहावटविरुद्ध 'कक्रोच' आन्दोलन चर्कियो, संसद् भवन घेर्ने प्रयास

    काठमाडौं । भारतमा प्रश्नपत्र चुहावट र शिक्षा प्रणालीमा सुधारको माग गर्दै युवा नेतृत्वको ‘कक्रोच’ आन्दोलनले उग्र रूप लिएको छ। सोमबार हजारौँ प्रदर्शनकारीहरू राजधानी नयाँदिल्लीको जन्तरमन्तरमा भेला भई संसद् भवनतर्फ मार्च गर्ने प्रयास गरेका छन्। संसद्को मनसुन अधिवेशन जारी रहेकाले प्रहरीले सुरक्षाको कारण देखाउँदै मार्चको अनुमति नदिएपछि दिल्लीको सुरक्षा व्यवस्था अत्यन्त

    Data is loading...

    Loading brands...

    Loading footer...