नेप्से ३८ अंकले बढ्यो, कारोबार रकममा पनि वृद्धि

Author

सजिलो पत्रिका

२०८३ वैशाख २८, सोमबार

16
Share
Featured

काठमाडौँ

नेपाल सेयर बजारमा आज उत्साहजनक वृद्धि देखिएको छ। नेपाल स्टक एक्सचेन्ज (नेप्से) परिसूचक ३८.१९ अंकले बढेर २७८३.८५ विन्दुमा पुगेर बन्द भएको छ।

आज कुल ३३२ कम्पनीका १ करोड ४ लाख कित्ता सेयर किनबेच भएका छन्। यस क्रममा ४ अर्ब ६१ करोड ३५ लाख रुपैयाँभन्दा बढीको कारोबार भएको छ। बजारमा समग्रमा खरिद चाप बढी देखिएको थियो।

आज कारोबार भएका मध्ये २४७ कम्पनीको सेयर मूल्य बढेको छ भने १८ कम्पनीको मात्र घटेको छ। बाँकी ४ कम्पनीको मूल्य स्थिर रहेको छ। सबै समूहगत सूचकहरूमा पनि सुधार देखिएको छ।

लाभांशका आधारमा फर्स्ट माइक्रोफाइनान्सका लगानीकर्ताले सबैभन्दा बढी १४.१९ प्रतिशत नाफा कमाएका छन्। त्यस्तै कुमारी भनवृद्धि योजना र डोल्टी हाइड्रोपावरको सेयर मूल्य पनि उल्लेख्य रूपमा बढेको छ।

कारोबार रकमका आधारमा रिलायन्स स्पिनिङ मिल्स शीर्ष स्थानमा रहेको छ। त्यसपछि नेशनल हाइड्रोपावर र एसवाई प्यानल क्रमशः दोस्रो र तेस्रो स्थानमा रहेका छन्।

आजको बजार सुधारलाई लगानीकर्ताहरूको सकारात्मक मनोभावका रूपमा विश्लेषण गरिएको छ।

यो समाचारमा

नेपाल स्टक एक्सचेन्जकाठमाडौँ

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

    कुल मतदान: 0

    सम्बन्धित समाचार

    sajilo patrika

    नयाँ आर्थिक वर्षसँगै नयाँ आयकरको व्यवस्था लागु : १० लाखसम्म कमाउनेलाई १५ मात्र कर

    काठमाडौं। नयाँ आर्थिक वर्षको सुरुवातसँगै सरकारले व्यक्तिगत आयकरको न्यूनतम सीमा (थ्रेसहोल्ड) बढाएर सर्वसाधारणलाई ठुलो राहत दिएको छ। आर्थिक ऐन २०८३ अनुसार आजैदेखि लागु हुने गरी व्यक्तिगत आयकरको सीमा बढाउनुका साथै अधिकतम करको दरमा समेत भारी कटौती गरिएको छ। अर्थ मन्त्रालयका अनुसार आम नागरिकको करको बोझ कम गर्ने उद्देश्यले यो नयाँ

    Data is loading...

    Loading brands...

    Loading footer...