कांग्रेस विवाद मिलाउन गगनका दुई प्रस्ताव, देउवा–शेखर समूहको अस्वीकार

Author

सजिलो पत्रिका

२०८३ वैशाख २८, सोमबार

19
Share
Featured
  • विशेष महाधिवेशनपछि नेपाली कांग्रेसभित्रको विवाद अझै समाधान नभई चर्किँदै गएको छ, जसमा नयाँ नेतृत्व संरचनालाई लिएर असन्तुष्टि देखिएको छ।
  • सभापति गगन थापाले पूर्णबहादुर खड्का र शेखर कोइरालासँग छलफल गर्दै केन्द्रीय समिति तथा विभिन्न समितिमा दुवै समूहलाई समेट्ने दुई सहमति प्रस्ताव अघि सारेका छन्।
  • तर देउवा र शेखर समूहले ती प्रस्ताव अस्वीकार गर्दै सबै पक्षलाई सम्मानजनक रूपमा समेटेर मात्र अघि बढ्नुपर्ने अडान लिएका छन्।
समाचार सारांशGenerated using AI.

काठमाडौँ

गत पुसमा भएको विशेष महाधिवेशनपछि नेपाली काँग्रेसभित्र देखिएको आन्तरिक विवाद अझै समाधान हुन सकेको छैन।

महाधिवेशनपछि गठन भएको नयाँ नेतृत्व र संरचनालाई लिएर विवाद सर्वोच्च अदालतसम्म पुगेको थियो भने अहिले पनि पार्टीभित्र असन्तुष्टि कायमै छ।

यसैबीच, सभापति गगन थापाले पार्टीभित्रको विवाद मिलाउने प्रयास थालेका छन्। उनले देउवा समूहका नेता पूर्ण बहादुर खड्काडॉ. शेखर कोईराला समूहका नेता डा. शेखर कोइरालासँग छुट्टाछुट्टै भेट गर्दै सहमतिको प्रस्ताव अघि सारेका हुन्।

थापाले खड्कासँग वैशाख ६ गते र वैशाख २३ गते भेट गरेका थिए भने कोइरालासँग वैशाख २२ गते छलफल गरेका थिए। ती भेटमा उनले पार्टीभित्र समावेशी प्रतिनिधित्व सुनिश्चित गर्ने दुई मुख्य प्रस्ताव राखेका छन्।

पहिलो प्रस्तावअनुसार विशेष महाधिवेशनबाट बनेको केन्द्रीय समितिमा देउवा समूहबाट २० जना र शेखर समूहबाट १० जना सदस्य थप गर्ने योजना छ। दोस्रो प्रस्तावमा निर्वाचन समिति र क्रियाशील सदस्यता व्यवस्थापन समितिमा दुवै समूहबाट १–१ जना सदस्य थप गरी समितिलाई ५ सदस्यीय बनाउने र निर्णय सहमतिका आधारमा गर्ने व्यवस्था गर्ने उल्लेख छ।

तर, देउवा र शेखर दुवै समूहले सभापति थापाको प्रस्ताव स्वीकार गर्न नसकिने बताएका छन्। उनीहरूले १४औँ महाधिवेशनबाट निर्वाचित सबैलाई समेटेर सम्मानजनक सहभागिता सुनिश्चित गर्नुपर्ने अडान लिएका छन्।

पार्टीभित्रको विवाद समाधान गर्न प्रयास भइरहे पनि सहमति नजुट्दा कांग्रेसभित्रको आन्तरिक राजनीतिक तनाव अझै जारी रहने देखिएको छ।

यो समाचारमा

काठमाडौँनेपाली काँग्रेसडॉ. शेखर कोईरालागगन थापा
पूर्ण बहादुर खड्का4 more

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

    कुल मतदान: 0

    सम्बन्धित समाचार

    sajilo patrika

    प्रदेशमा तीन दल मिलेर सरकार बनाउने प्रस्तावमा गगन थापाको असहमति

    काठमाडौं ।  नेपाली काँग्रेसका सभापति गगन थापाले प्रदेश सरकार गठनका सन्दर्भमा तीन ठूला दलहरू (कांग्रेस, एमाले र माओवादी) मिल्नुपर्ने प्रस्तावप्रति कडा विमति प्रकट गरेका छन्। आइतबार ललितपुरमा आयोजित एक कार्यक्रममा बोल्दै थापाले तीन दल मिलेर सरकार बनाउँदा प्रदेश संसद् प्रतिपक्षविहीन हुने र यसले लोकतान्त्रिक मूल्य तथा जनमतको अपमान हुने बताए।थापाले

    Data is loading...

    Loading brands...

    Loading footer...