चार करोड क्लबमा ‘परालको आगो’, तीन करोड पार ‘राम नाम सत्य’

Author

सजिलो पत्रिका

२०८३ वैशाख २८, सोमबार

32
Share
Featured

काठमाडौँ

नेपाली चलचित्र बजारमा अहिले ‘परालको आगो’ को दबदबा देखिएको छ । चलचित्र विकास बोर्डअन्तर्गतको ‘सिनेपाः बक्सअफिस’ प्रणालीले सार्वजनिक गरेको पछिल्लो तथ्याङ्कअनुसार ‘परालको आगो’ ले व्यापारका हिसाबले ‘राम नाम सत्य’ लाई पछि पारेको छ । वैशाख ११ गतेदेखि प्रदर्शनमा आएको चलचित्र ‘परालको आगो’ ले शनिबार राति ११ः५९ बजेसम्म ४ करोडभन्दा बढी कमाइ गर्न सफल भएको छ ।

चलचित्रले हालसम्म १ लाख ४३ हजार ७२४ टिकट बिक्री गर्दै कुल ४ करोड २६ हजार ४ सय ६६ रुपैयाँभन्दा बढी व्यापार गरेको आधिकारिक तथ्याङ्कमा उल्लेख छ । यता चैत २७ गतेदेखि प्रदर्शनमा रहेको ‘राम नाम सत्य’ ले पनि बक्स अफिसमा सशक्त उपस्थिति कायम राखेको छ । अभिनेता बिराज भट्ट, सुशील श्रेष्ठ, दिव्या रायमाझी लगायत कलाकारहरूको अभिनय रहेको चलचित्रले हालसम्म १ लाख २१ हजार ४०६ टिकट बिक्री गर्दै ३ करोड ४० लाख ८१ हजार ६ सय ९१ रुपैयाँभन्दा बढी कमाइ गरेको छ ।

चलचित्र विकास बोर्डको आधिकारिक बक्स अफिस प्रणालीमार्फत सार्वजनिक गरिएको यो तथ्याङ्कले नेपाली चलचित्र उद्योगमा पारदर्शिता र व्यावसायिकता बढाउन सहयोग पुगेको बताइएको छ । देशभरका सिनेमा हलबाट संकलित विवरणअनुसार दुवै चलचित्रले मिलेर हालसम्म २ लाख ६५ हजारभन्दा बढी टिकट बिक्री गरिसकेका छन् ।

यो समाचारमा

चलचित्र विकास बोर्डबिराज भट्टकाठमाडौँ

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

    कुल मतदान: 0

    सम्बन्धित समाचार

    sajilo patrika

    कामना सेवा विकास बैंकले सुरु गर्‍यो नेपालपे कार्ड

    काठमाडौं । कामना सेवा विकास बैंक लिमिटेडले डिजिटल बैंकिङ सेवा विस्तार गर्ने उद्देश्यले 'नेपालपे कार्ड' को इस्युइङ र अक्वायरिङ सेवा सुरु गरेको छ। यससँगै बैंकका ग्राहकले अब नेपालपे कार्ड प्राप्त गर्न सक्नेछन् भने बैंकका देशभर रहेका ६६ वटा एटीएमबाट नेपालपे र डिस्कभर नेटवर्कका अन्तर्राष्ट्रिय कार्डहरू (रुपेसहित) मार्फत कारोबार गर्न सकिनेछ।नेपाल

    Data is loading...

    Loading brands...

    Loading footer...