अमेरिकाको शान्ति प्रस्तावमा इरानको जवाफ: 'झुक्ने छैनौँ, तर वार्ताका लागि तयार'

Author

सजिलो पत्रिका

२०८३ वैशाख २८, सोमबार

22
Share
Featured

    • जवाफ पठाइयो: इरानले अमेरिकाको पछिल्लो शान्ति प्रस्तावको प्रतिक्रिया पाकिस्तानी मध्यस्थकर्तामार्फत बुझाएको छ।
    • इरानको अडान: वार्ता जारी रहे पनि नयाँ अमेरिकी आक्रमण भएमा कडा बदला लिने चेतावनी।
    • मुख्य मागहरू: लेबनानमा युद्ध अन्त्य, सहयोगी समूहमाथिको आक्रमणको रोक र ढुवानी मार्गको सुरक्षा।
    • बढ्दो तनाव: कतार जाँदै गरेको जहाजमा ड्रोन आक्रमण, यूएईद्वारा इरानमाथि आरोप।
    • राष्ट्रपतिको भनाइ: राष्ट्रपति पेजेस्कियानले वार्ता गर्नुलाई आत्मसमर्पणको रूपमा बुझ्न नहुने स्पष्ट पारेका छन्।
    समाचार सारांशGenerated using AI.

    इरानले आइतबार अमेरिकाको पछिल्लो शान्ति प्रस्तावको जवाफ दिएको छ। शनिबार राति इरानी ड्रोनले खाडी क्षेत्रका धेरै लक्ष्यमा आक्रमण गर्ने चेतावनी दिइरहेका बेला, अमेरिकाले इरानसँगको सम्भावित युद्ध रोक्न शान्तिका लागि पठाएको प्रस्तावको जवाफ तेहरानले पठाएको हो।

    शान्तिका लागि वार्ता र छलफल जारी रहे पनि तेहरानले कुनै पनि नयाँ अमेरिकी आक्रमणको बदला लिनबाट आफू पछि नहट्ने स्पष्ट पारेको छ। सरकारी सञ्चारमाध्यम आइआरआईबीका अनुसार, तेहरानको यो प्रतिक्रिया पाकिस्तानी मध्यस्थकर्तामार्फत अमेरिकालाई बुझाइएको छ।

    इरानले आफ्नो जवाफमा इरान र उसका सहयोगी समूहहरूमाथिको आक्रमण रोकिनुपर्ने, विशेष गरी लेबनानमा जारी युद्धको अन्त्य हुनुपर्ने र समुद्री 'ढुवानी सुरक्षा सुनिश्चित' गरिनुपर्ने विषयलाई मुख्य रूपमा जोड दिएको छ। यसअघि अमेरिकी राष्ट्रपति डोनल्ड ट्रम्पले इरानबाट शुक्रबारसम्ममा जवाफको अपेक्षा गरिरहेको बताएका थिए।

    प्रतिक्षा लम्बिँदै जाँदा खाडी क्षेत्रमा तनाव झनै बढेको छ। आइतबार भएको ड्रोन हमलामा कतारको बन्दरगाहतर्फ जाँदै गरेको एक मालवाहक जहाजमा क्षति पुगेको थियो। संयुक्त अरब इमिरेट्सले उक्त आक्रमणमा इरानको हात रहेको आरोप लगाएको छ। यदि यो पुष्टि भएमा, एक महिनाअघि सुरु भएको युद्धविरामयता खाडी देशमाथि भएको यो दोस्रो ठुलो आक्रमण हुनेछ।

    यसै सन्दर्भमा इरानका राष्ट्रपति मसुद पेजेस्कियानले आइतबार भनेका छन्, "हामी शत्रुसामु कहिल्यै झुक्ने छैनौँ र वार्ता वा छलफलको कुरा हुँदैमा यसको अर्थ आत्मसमर्पण वा पछि हट्नु होइन।"

    यो समाचारमा

    यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

      कुल मतदान: 0

      सम्बन्धित समाचार

      sajilo patrika

      भारतमा प्रश्नपत्र चुहावटविरुद्ध 'कक्रोच' आन्दोलन चर्कियो, संसद् भवन घेर्ने प्रयास

      काठमाडौं । भारतमा प्रश्नपत्र चुहावट र शिक्षा प्रणालीमा सुधारको माग गर्दै युवा नेतृत्वको ‘कक्रोच’ आन्दोलनले उग्र रूप लिएको छ। सोमबार हजारौँ प्रदर्शनकारीहरू राजधानी नयाँदिल्लीको जन्तरमन्तरमा भेला भई संसद् भवनतर्फ मार्च गर्ने प्रयास गरेका छन्। संसद्को मनसुन अधिवेशन जारी रहेकाले प्रहरीले सुरक्षाको कारण देखाउँदै मार्चको अनुमति नदिएपछि दिल्लीको सुरक्षा व्यवस्था अत्यन्त

      Data is loading...

      Loading brands...

      Loading footer...