रौतहटमा लागूऔषध नियन्त्रण तथा सेवनकर्ता खोजी एवं सुधार अभियान सुरु

Author

सजिलो पत्रिका

२०८३ वैशाख २७, आइतबार

13
Share
Featured

चन्द्रपुर नगरपालिका - रौतहटमा जिल्ला प्रहरी कार्यालय, रौतहटले ‘लागूऔषध नियन्त्रण तथा सेवनकर्ता खोजी एवं सुधार अभियान’ सञ्चालनमा ल्याएको छ । रौतहटमा पछिल्ला समय युवापुस्तामाझ लागूऔषधको प्रयोग र कारोबार बढ्दै गएपछि प्रहरीले ‘लागूऔषध नियन्त्रण तथा सेवनकर्ता खोजी एवं सुधार अभियान’ सञ्चालन गरेको हो । नेपाल–भारत सीमा क्षेत्र तथा जिल्लाको उत्तरीभेग चन्द्रनिगाहपुरको विभिन्न भू–भागमा लागूऔषध सेवनकर्ता तथा बिक्रीवितरणमा बढोत्तरी भएपछि यसको नियन्त्रणका लागी प्रहरी सक्रिय भएको छ । 

  जिल्ला प्रहरी कार्यालय, रौतहट का प्रहरी उपरीक्षक सीताराम रिजालका अनुसार चालु आर्थिक वर्ष २०८२/८३ मा लागूऔषध कारोबारसम्बन्धी मुद्दामा २६ जनाविरुद्ध मुद्दा दायर गरेको छ । प्रहरीले ६३ जनालाई पक्राउ गरी कानुनी दायरामा ल्याएको प्रहरी उपरीक्षक रिजालले जानकारी दिए । उनका अनुसार लागूऔषध नियन्त्रण केबल पक्राउ र कारबाहीमा सीमित राखेर समस्या समाधान नहुने देखिएपछि जिल्लामा ‘लागूऔषध नियन्त्रण तथा सेवनकर्ता खोजी एवं सुधार अभियान’ शुक्रबारदेखि सुरु गरिएको हो ।

प्रहरीको तथ्याङ्कले रौतहटमा सीमावर्ती क्षेत्र हुँदै लागूऔषध ओसारपसार तथा युवामा यसको प्रयोग बढ्दै गएको देखाइरहेको छ । विशेषगरी बेरोजगारी, कमजोर पारिवारिक निगरानी, सीमापार सहज आवतजावत र साथीहरूको प्रभावका कारण किशोर तथा युवा वर्ग लागूऔषधको दुर्व्यसनतर्फ आकर्षित भइरहेको प्रउ रिजालको भनाइ छ । प्रउ रिजालले लागूऔषध दुर्व्यसनलाई केवल कानुनी विषयका रूपमा नभई सामाजिक, पारिवारिक र स्वास्थ्यसँग गाँसिएको जटिल समस्याका रूपमा बुझ्नुपर्ने बताए ।

पक्राउ गरेर मात्रै समस्या समाधान नहुनेहुँदा खोज, उपचार र सुधारलाई सँगसँगै अघि बढाउनुपर्ने रौतहट प्रहरी प्रमुख रिजालले बताए । अभियानअन्तर्गत जिल्लाका सबै स्थानीय तहमा पुगेर लागूऔषध सेवनकर्ताको पहिचान, तथ्याङ्क सङ्कलन, परामर्श सेवा, सचेतनामूलक कार्यक्रम तथा आवश्यक परे उपचार र पुनःस्थापनाका लागि सम्बन्धित निकायसँग समन्वय गरिनेसमेत उनले जानकारी दिएका छन् ।

प्रहरीका अनुसार अभिभावक, शिक्षक, जनप्रतिनिधि, स्वास्थ्य संस्था तथा सामाजिक सङ्घसंस्थासँग सहकार्य गरिनेछ । पहिचान भएका व्यक्तिलाई अपराधीको दृष्टिले नभई सुधार आवश्यक व्यक्तिका रुपमा हेरेर पुनःसमाजमा स्थापित गर्ने रणनीति बनाइएको छ ।

यो समाचारमा

चन्द्रपुर नगरपालिकाजिल्ला प्रहरी कार्यालय, रौतहटरौतहट

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

    कुल मतदान: 0

    सम्बन्धित समाचार

    sajilo patrika

    नक्कली भुटानी शरणार्थी मुद्दामा पूर्वमन्त्री रायमाझीलाई चार वर्ष र खाणलाई दुई वर्ष कैद सजाय

    काठमाडौँ । नक्कली भुटानी शरणार्थी प्रकरणमा पूर्वउपप्रधानमन्त्री टोपबहादुर रायमाझीलाई चार वर्ष कैद सजाय तोकिएको छ । जिल्ला अदालत काठमाडौँले आज चार वर्ष कैद सजाय र ४० हजार रुपैयाँ जरिवाना तोकेको हो ।न्यायाधिश तेजबहादुर खड्काको इजलासले सुनाएको सजाय आदेशअनुसार पूर्वगृहमन्त्री बालकृष्ण खाणलाई दुई वर्ष कैद सजाय र २० हजार रुपैयाँ जरिवाना

    Data is loading...

    Loading brands...

    Loading footer...