किशोरीलाई बलात्कार गरेको आरोपमा श्रीलङ्कामा भिक्षु पक्राउ

Author

सजिलो पत्रिका

२०८३ वैशाख २७, आइतबार

24
Share
Featured

कोलम्बो। श्रीलङ्काका उच्च पदस्थ बौद्ध भिक्षु पल्लेगामा हेमरथना थेरोलाई पक्राउ गरिएको छ । १५ वर्षीया किशोरीमाथि बलात्कार तथा यौन दुर्व्यवहार गरेको आरोपमा पक्राउ गरेर थेरोलाई रिमाण्डमा पठाइएको छ । उनी श्रीलङ्काका आठ पवित्र बौद्ध स्थलका प्रमुख संरक्षक मानिन्छन् । 

श्रीलङ्काको बाल संरक्षण प्राधिकरणले उनलाई यस घटनामा मुख्य शङ्कास्पद व्यक्तिका रूपमा उल्लेख गर्दै तत्काल पक्राउ नगरेको भन्दै प्रहरीको आलोचना भएलगत्तै उनी पक्राउ परेका हुन् ।

हालसम्म थेरोले आरोपबारे सार्वजनिक प्रतिक्रिया दिएका छैनन् । उनी आगामी १२ मे मा अदालतमा उपस्थित हुनेछन् । पीडित किशोरीकी आमालाई ‘दुर्व्यवहार’ मा सहयोग गरेको आरोपमा पक्राउ गरिएको छ । पक्राउको समयमा भिक्षु कोलम्बोस्थित एक निजी अस्पतालमा उपचाररत थिए ।

 अदालतले उनलाई कोलम्बो कारागार अस्पतालमा सार्न आदेश दिएको छ । यसैबिच, अदालतले थेरोलाई देश छोडेर भाग्न नदिन अध्यागमन विभागलाई निर्देशन दिएको छ । श्रीलङ्कामा बौद्ध भिक्षुहरू समाजमा अत्यन्त सम्मानित र राजनीतिक रूपमा प्रभावशाली मानिने भएकाले यति उच्च तहका भिक्षुको पक्राउलाई असाधारण घटनाका रूपमा हेरिएको छ । 

यो समाचारमा

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

    कुल मतदान: 0

    सम्बन्धित समाचार

    sajilo patrika

    भारतमा प्रश्नपत्र चुहावटविरुद्ध 'कक्रोच' आन्दोलन चर्कियो, संसद् भवन घेर्ने प्रयास

    काठमाडौं । भारतमा प्रश्नपत्र चुहावट र शिक्षा प्रणालीमा सुधारको माग गर्दै युवा नेतृत्वको ‘कक्रोच’ आन्दोलनले उग्र रूप लिएको छ। सोमबार हजारौँ प्रदर्शनकारीहरू राजधानी नयाँदिल्लीको जन्तरमन्तरमा भेला भई संसद् भवनतर्फ मार्च गर्ने प्रयास गरेका छन्। संसद्को मनसुन अधिवेशन जारी रहेकाले प्रहरीले सुरक्षाको कारण देखाउँदै मार्चको अनुमति नदिएपछि दिल्लीको सुरक्षा व्यवस्था अत्यन्त

    Data is loading...

    Loading brands...

    Loading footer...