काठमाडौँ - सभामुख डोलप्रसाद अर्यालले नेपाल को गौरव र प्रतिष्ठालाई अझ वृद्धि हुने गरी नेपालको कूटनीतिलाई अघि बढाउन सम्बवद्ध सबै पक्षलाई आग्रह गरेका छन्।
नेपाल विश्व सम्बन्ध परिषद्ले शुक्रवार काठमाडौँमा आयोजना गरेका एक कार्यक्रममा बोल्दै उनले उक्त कुरा बताएका हुन्।
सभामुख अर्यालले कूटनीतिक नियोगहरुको सहभागितामा कूटनीतिक सफलताको नयाँ अध्याय शुरु गर्न आवश्यक रहेको पनि बताए।
उनले नेपालको राष्ट्रिय महत्व बुझाउनका लागि अन्तरराष्ट्रिय विज्ञहरूको उपस्थितिमा जनसहभागितामूलक कार्यक्रममा जोड दिन आवश्यक रहेको पनि बताए।
शिक्षाका माध्यामद्वारा प्रविधिको प्रयोग गरी अन्तरराष्ट्रिय विज्ञहरूको सहभागिता र जनसहभागिताका कार्यक्रमद्वारा राष्ट्रिय महत्व बुझाउन जरुरी रहेको उल्लेख गर्दै सभामुख अर्यालले त्यसले नेपालको अन्तर्राष्ट्रिय सम्बन्धमा दीर्घकालीन रुपमा सकारात्मक प्रभाव पार्ने पनि बताए।