शिवपुरीमा सरिता तिवारी हत्या प्रकरण : आरोपितको बयान– ‘मरेपछि खाल्डो खनेर पुरेँ’

Author

सजिलो पत्रिका

२०८३ वैशाख २४, बिहिबार

40
Share
Featured

काठमाडौँ

तारकेश्वर नगरपालिका–३ जितपुरफेदीकी ४५ वर्षीया सरिता तिवारीको हत्या आरोपमा प्रहरीले ३५ वर्षीय अनिल डंगोललाई पक्राउ गरेको छ। वैशाख ११ गते घरबाट निस्किएकी तिवारी साँझसम्म सम्पर्कविहीन भएपछि परिवारले प्रहरीमा खोजतलासको निवेदन दिएका थिए।

प्रहरीले सीसीटीभी फुटेज र मोबाइल विवरणका आधारमा तिवारी र डंगोलबीच सम्पर्क रहेको तथा दुवै जना शिवपुरी नागार्जुन राष्ट्रिय निकुञ्जतर्फ गएको पुष्टि गरेपछि डंगोललाई नियन्त्रणमा लिएर अनुसन्धान थालेको थियो। सोधपुछका क्रममा डंगोलले तिवारीलाई जंगलमा लगेर ढुंगाले हिर्काई हत्या गरेको स्वीकार गरेको प्रहरीले जनाएको छ।

प्रहरीका अनुसार आरोपितले “मृत्यु भएको यकिन भएपछि खाल्डो खनेर शव पुरेको” बयान दिएका छन्। त्यसपछि उनले देखाएको स्थानमा उत्खनन गर्दा तिवारीको शव फेला परेको थियो।

प्रहरीले घटनाबारे थप अनुसन्धान जारी रहेको जनाएको छ। प्रारम्भिक अनुसन्धानमा मृतक र आरोपितबीच पारिवारिक चिनजान तथा प्रेम सम्बन्ध रहेको र सम्बन्धमा विवाद भएपछि हत्या भएको हुनसक्ने आशंका गरिएको छ।

यो समाचारमा

काठमाडौँशिवपुरी नागार्जुन राष्ट्रिय निकुञ्जतारकेश्वर नगरपालिका

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

    कुल मतदान: 0

    सम्बन्धित समाचार

    sajilo patrika

    नक्कली भुटानी शरणार्थी मुद्दामा पूर्वमन्त्री रायमाझीलाई चार वर्ष र खाणलाई दुई वर्ष कैद सजाय

    काठमाडौँ । नक्कली भुटानी शरणार्थी प्रकरणमा पूर्वउपप्रधानमन्त्री टोपबहादुर रायमाझीलाई चार वर्ष कैद सजाय तोकिएको छ । जिल्ला अदालत काठमाडौँले आज चार वर्ष कैद सजाय र ४० हजार रुपैयाँ जरिवाना तोकेको हो ।न्यायाधिश तेजबहादुर खड्काको इजलासले सुनाएको सजाय आदेशअनुसार पूर्वगृहमन्त्री बालकृष्ण खाणलाई दुई वर्ष कैद सजाय र २० हजार रुपैयाँ जरिवाना

    Data is loading...

    Loading brands...

    Loading footer...