मिडिया ट्रायल भयो, कानुनी उपचार खोज्छु : पूर्वसञ्चारमन्त्री खरेल

Author

सजिलो पत्रिका

२०८३ वैशाख २४, बिहिबार

18
Share
Featured

काठमाडौँ- पूर्वसञ्चारमन्त्री जगदीश खरेल ले आफूमाथि मिडिया ट्रायल भएको भन्दै कानुनी उपचार खोज्ने जनाएका छन् ।

सत्तारुढ राष्ट्रिय स्वतन्त्र पार्टी रास्वपाका सांसद समेत रहेका खरेलले केही सञ्चारमाध्यम तथा सामाजिक सञ्जाल मा आफ्नो नाम जोडेर नियोजित रूपमा ‘फेक न्युज’ फैलाइएको आरोप लगाएका छन् । सामाजिक सञ्जालमा पोस्ट गर्दै खरेलले कसैलाई पनि भ्रममा नपर्न आग्रह गरेका छन् ।

अहिले आफू कार्यक्रमको सिलसिलामा स्विजरल्याण्डमा रहेको बताउँदै खरेलले आफूले कुनै गल्ती नगरेको स्पष्ट पारेका छन् । गल्ती नगरेकाले आफूलाई अलिकति पनि डर नभएको उनको भनाइ छ ।

‘यस्ता भ्रामक, नियोजित तथा कपोलकल्पित प्रहारले मेरो चरित्र र राजनीतिक भविष्यमाथी प्रहार गर्छु भनेर नसोचे हुन्छ । बाँकी कानूनी उपचार खोज्ने छु ।’ उनले लेखेका छन् ।

यो समाचारमा

राष्ट्रिय स्वतन्त्र पार्टीजगदीश खरेलकाठमाडौँ

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

    कुल मतदान: 0

    सम्बन्धित समाचार

    sajilo patrika

    भारतमा प्रश्नपत्र चुहावटविरुद्ध 'कक्रोच' आन्दोलन चर्कियो, संसद् भवन घेर्ने प्रयास

    काठमाडौं । भारतमा प्रश्नपत्र चुहावट र शिक्षा प्रणालीमा सुधारको माग गर्दै युवा नेतृत्वको ‘कक्रोच’ आन्दोलनले उग्र रूप लिएको छ। सोमबार हजारौँ प्रदर्शनकारीहरू राजधानी नयाँदिल्लीको जन्तरमन्तरमा भेला भई संसद् भवनतर्फ मार्च गर्ने प्रयास गरेका छन्। संसद्को मनसुन अधिवेशन जारी रहेकाले प्रहरीले सुरक्षाको कारण देखाउँदै मार्चको अनुमति नदिएपछि दिल्लीको सुरक्षा व्यवस्था अत्यन्त

    Data is loading...

    Loading brands...

    Loading footer...