आसिफ शेखको ९४ रनमा नेपाल २५६ मा अलआउट, ओमानलाई २५७ रनको लक्ष्य

Author

सजिलो पत्रिका

२०८३ वैशाख २२, मङ्गलबार

15
Share
Featured

काठमाडौँ

आईसीसी पुरुष क्रिकेट विश्वकप लिग–२ अन्तर्गत १०२औँ खेलमा नेपालले ओमानविरुद्ध २५६ रन बनाउँदै २५७ रनको लक्ष्य प्रस्तुत गरेको छ । कीर्तिपुरमा मंगलबार टस जितेर पहिले ब्याटिङ गरेको नेपाल ४९.५ ओभरमा सबै विकेट गुमाउँदै २५६ रनमा अलआउट भयो ।

नेपालका लागि आसिफ शेखले उत्कृष्ट प्रदर्शन गर्दै ९४ रनको इनिङ खेले । उनले ९७ बलमा ७ चौका र ५ छक्का प्रहार गरे । सुरुवातमै विनोद भण्डारी शून्यमा आउट भएपछि आसिफ र अर्जुन कुमालले दोस्रो विकेटका लागि १२३ रनको महत्वपूर्ण साझेदारी गर्दै इनिङ सम्हालेका थिए । कुमालले ४८ रन जोडे ।

मध्यक्रममा रोहित पौडेल ९ रनमा आउट भए भने दीपेन्द्र सिंह ऐरीले ४२ बलमा ३३ रन बनाएर स्कोरलाई अघि बढाए । गुल्सन झा १७ रनमा आउट भए । अन्त्यतिर आरिफ शेखले आक्रामक ब्याटिङ गर्दै २४ बलमा ४३ रन बनाए, जसमा १ चौका र ४ छक्का समावेश थिए ।

नेपाल ५ विकेटमा २२६ रनको राम्रो अवस्थामा भए पनि अन्तिम समयमा ३० रनभित्रै बाँकी ५ विकेट गुमाउँदै इनिङ्स सकिएको हो ।

ओमानका लागि नदीम खानले ३ विकेट लिए भने शकील अहमद र हसनैन शाहले २–२ विकेट हात पारे । जिटेन रमणाण्डी र आर्यन बिष्टले पनि महत्वपूर्ण विकेट लिँदै नेपाललाई दबाबमा पारे ।

यो समाचारमा

काठमाडौँओमान

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

    कुल मतदान: 0

    सम्बन्धित समाचार

    sajilo patrika

    स्पेनसँग हारेपछि पत्रकार सम्मेलनमै रोए अर्जेन्टिनाका प्रशिक्षक

    काठमाडौं । सोमबार बिहान अर्जेन्टिनालाई अतिरिक्त समयमा १-० ले हराएर स्पेनले दोस्रोपटक फिफा विश्वकपको उपाधि जितेको छ। अर्जेन्टिनालाई मुस्किलले हराउँदै १६ वर्षपछि दोस्रोपटक विश्वकपको उपाधि जित्दा स्पेनी टोलीको खुसीको सीमा छैन।उता पराजित अर्जेन्टिनाका प्रशिक्षक लियोनेल स्कालोनी भने पत्रकार सम्मेलनमै रोएका छन्। खेलपछि आयोजित पत्रकार सम्मेलनमा उनी धेरैपटक रोए र माफी

    Data is loading...

    Loading brands...

    Loading footer...